Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चीनका शौचालयमै एटीएम र वाईफाई सुविधा


बैशाख १४
एजेन्सी: चीनको राजधानीस्थित बेइजिङ्ग नगरपालिकाले यस वर्ष एक सयवटा वाईफाई युक्त चर्पी बनाउने भएको छ ।
सहरको शौचालय क्रान्तिको प्रयासलाई मजबुत बनाउन चीनले वाईफाई सुविधा र एटीएम मेशिनसहितको चर्पी बनाएको हो ।
बेइजिङ्ग महानगरपालिका कमिशन अफ सिटी एडमिनिस्ट्रेशन एन्ड इन्भायरमेन्टका अनुसार तोङ्गझु तथा फङ्गाशान जिल्लामा बनाइने यी चर्पीमा एटीएम मेशीन, र वाईफाई उपलब्ध हुनेछन् ।
त्यसैगरि मोबाइल फोन तथा इलेक्ट्रिक सवारीको रिचार्ज गर्ने सुविधा पनि यी चर्पीमा राखिनेछ ।
चर्पी नजिकै बालबालिकालाई बसाउने सुविधा पनि हुनेछ । महिलाहरुलाई शौच गर्दा सहज वातावरण बनाउन यो निर्णय गरिएको हो ।
यस्ता प्रत्येक चर्पीको अनुमानित लागत करिब ५० हजार युआन अर्थात (७ हजार ६ सय ८५ डलर) हुन सक्नेछ ।


चीनका शौचालयमै एटीएम र वाईफाई सुविधा Reviewed by marumala srinu on 9:39 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.