Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

२० गुणासम्म बढ्यो ट्राफिक जरिवाना

काठमाडौं— सरकारले सडकमा ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै सरकारले जरिवानाको मात्रालाई बढाएको हो। 

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै जरिवाना बापतको रकमलाई बढाइएको छ। जरिवानाबापत बढाइएको रकम आइतबारबाट देशभर लागू हुने महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिए।

डिआइजी अर्यालका अनुसार विगतमा कारवाहीबापत रहेको २५ रुपैयाँ जरिवानालाई बढाएर ५०० पुर्याइएको छ। यस्तै नियमविपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १५ सय रुपैयाँसम्मको चिट काट्न सक्ने गरी जरिवानाको रकम बढाइएको छ। यसअघि मापसेमा सबैभन्दा बढी एक हजार रुपैयाँ मात्र जरिवाना हुने व्यवस्था थियो।

'सवारी नियमको प्रभावकारी कार्यान्वयद्धारा दुर्घटना न्युनिकरण गरी सडकलाई सुरक्षित बनाउन समयसापेक्ष कारबाही बापतको जरिवाना बढाइएको हो,' उनले भने, 'यो व्यवस्थापछि सडक सभ्यता कायम राख्न धेरै सहयोग पुग्ने छ।'

नयाँ जरिवानाको व्यवस्था अनुसार नियम मिच्ने चालकलाई अब न्यूनतम ५ सय रुपैयाँ जरिवाना हुनेछ। यसअघि न्यूनतम जरिवाना २५ रुपैयाँ थियो । सरकारले ऐनमा भएको २५ रुपैयाँ देखी ५० रुपैयाँसम्म, ५० देखी एक सय रुपैयाँसम्म र एक सय देखी २ सय रुपैयाँसम्मको कारवाहीको दरलाई संसोधन गर्दै क्रमश ५ सय, एक हजार र १५ सय बनाएको हो।

महाशाखाका अनुसार न्यूनतम ५ सय रुपैयाँ जरिवाना पाएको चालकले पटक पटक एउटै अपराध गरेमा क्रमश जरिवानाको दर बढ्दै जाने छ । पहिलो पटक कारबाहीमा पर्नेले ५ सय, दोस्रो पटक परेमा एक हजार र तेस्रो पटक परेमा १५ सय जरिवाना हुने छ । नियम अनुसार ५ पटकसम्म कारवाहीमा परेको चालकलो लाइसेन्स ६ महिनाका लागि खारेज हुने छ ।


२० गुणासम्म बढ्यो ट्राफिक जरिवाना Reviewed by marumala srinu on 7:26 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.