Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रोनाल्डोसँग बेलले आँखा जुधाएर बोल्न सक्दैनन्

वैशाख १३ – स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर ग्यारेथ बेलले स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसँग आफ्नो निकै राम्रो सम्बन्ध रहेको बताएका छन् । 

रोनाल्डोले आफूलाई स्पेनमा स्थापित हुने सहयोग गरेको बेलले बताए । रोनाल्डोसँगको सम्बन्ध राम्रो नभएको भनेर चर्चा हुने गरेकोमा बेलले द टाइमसँगको अन्तर्वाताको क्रममा त्यस्तो नरहेको बताएका हुन् । 
बेल सन् २०१३ मा इंग्लिस क्लब टोटनह्यामबाट रियल मड्रिड गएका हुन् । यो अवधिमा रोनाल्डोसँग एक पटक पनि आफ्नो विवाद नभएको बेलले बताए । बेलले भने ‘रोनाल्डोले इंग्लिस पनि बोल्ने भएकाले मलाई स्पेनमा सुरुमा आउँदा यहाँ घुलमिल हुन सयोग भयो । 
यस्तै प्रिमियर लिगको सम्बन्धले पनि हामीलाई नजिक्यायो । हामीबिच निकै राम्रो सम्बन्ध छ ।’ सञ्चारमाध्यममा विभिन्न कुरा आएपनि हामी बिच राम्रो सम्बन्ध छ । 
रोनाल्डो व्यवसायिक व्यक्ति रहेको र आफूहरुबिच अहिलेसम्म समस्या नभएको बेलले बताए । रोनाल्डोसँग अहिलेसम्म आफूले आँखामा आँखा जुधाएर कुरा गर्न नसकेको उनले बताए । रोनाल्डोलाई आफूले आदर गर्ने बेलको भनाई छ ।

रोनाल्डोसँग बेलले आँखा जुधाएर बोल्न सक्दैनन् Reviewed by marumala srinu on 12:15 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.