Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सात वर्षदेखि बटुवालाई निःशूल्क पानी खुवाउँदै

टीकाबहादुर बस्नेत, दाङ, वैशाख १४ गते  । सेवा नै धर्म हो भन्ने उद्देश्यले दाङको तुलसीपुर निवासी टेकराम खड्काले  बटुवालाई निःशुल्क पानी खुवाउँदै हुनुहुन्छ । बिगत ७ वर्षदेखि निःशुल्क पानी खुवाउँदै आउनुभएका खड्का दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म खर्च गरेर पानी खुवाउँदै आउनुभएको छ ।
प्रतिट्याङ्कर ७ सय रुपैयाँमा पानी किनेर त्यसमा बरफ मिसाएर बटुवालाई निःशुल्क पानी खुवाउँदै आएको भन्दै खड्काले धर्म प्राप्तिका लागि पानी खुवाउँदै आएको बताउनुभयो । खड्काले निःशुल्क पानी बितरण गरेपछि पश्चिम दाङका साथै छिमेकी जिल्लाका सल्यान र रुकुमबाट तुलसीपुर बजारमा आउने बटुवाहरु चर्को घाममा चिसो पानी पीउन पाउँदा राहतको महसुस गरेको बताउँछन् ।
तुलसीपुरको बीपी चोकमा ट्यांकर, घैंटो, बाल्टिनभरि बरफ पानी राखेर बिहान १० वजेदेखि साँझ ५ वजेसम्म खड्का पानी खुवाउनमै व्यस्त देखिनु हुन्छ । दैनिक पानी पीउन ५ देखि ६ हजारसम्म नागेिरकहरु आउने गरेको खड्का बताउनुहुन्छ । तुलसीपुर बजारमा एकान्त होटेल एण्ड सञ्चालनमा ल्याउनुभएका खड्काले आफू बाचुञ्जेल निःशुल्क पानी खुवाएर हजारांै नागरीकलाई सेवा गर्ने बताउनुभयो । ‘मान्छेले पैँसा लिएर समाज सेवा गर्दछन् । तर, मैले उल्टै पैँसा तिरेर समाज सेवा गरिरहेको छु’, खड्काले भन्नुभयो, ‘प्रसस्त सम्पत्ती भएर मैले यो कामको थालनी गरेको होइन । धर्म गर्न मन्दिर जानु भन्दा गर्मीमा बजार आएका मानिसलाई जानी खुवाई सेवा गरी धर्म कमाउन सात वर्ष अघिदेखि निःशुल्क पानी खुवाउँदै आएको छु ।’
खड्काले गर्मी महिनाभर बैशाखदेखि जेठ महिनाको अन्तिमसम्म यसैगरी निःशुल्क पानी खुवाउने बताउनुभयो । सहज रुपमा पानी खुवाउनका लागि उहाँले मासिक ८ हजार तलव दिएर १ जना सहयोगी राख्नुभएको छ । सहयोगीलाई गतवर्ष ७ हजार तलब दिनुभएका उदार मनका खड्का यस वर्ष भने १ हजार बढी तलव दिएको बताउनुभयो ।
बजारमा पानीको समस्या हुने गरेको अवस्थामा निःशुल्क रुपमै चिसो पानी पिउन पाइने भएपछि आफूलाई निकै खुसीको महसुस भएको पवननगर निवासी नीमा केसीले बताउनुभयो । कृष्ण मन्दिरसम्म गाडीमा आएको र त्यहाँबाट बन्दकर्ताले गाडी आउन नदिएपछि त्यहाँबाट हिड्दै आएको बताउँदै केसीले चिसो पानी निःशुल्क खान पाउँदा खुसी लागेको बताउनुभयो ।
त्यस्तै फूलबारीका गोरख बाठा पनि सामान किन्नलाई ठिक्क पारेको पैसाले पानी किन्न गाह्रो हुने बताउनुभयो । ‘यसरी हामीजस्ता गरीव दीनदुखीलाई पैँसा नभएकालाई निःशुल्क चिसो पानी खान पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
सात वर्षदेखि बटुवालाई निःशूल्क पानी खुवाउँदै Reviewed by marumala srinu on 10:00 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.