Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पतिले विदेशमा कमाएको करोडौ सम्पत्ती कुम्ल्याएर पत्नी अर्कैसँग चम्पट..

प्रकाश पाक्साँवा, तेह्रथुम, 
मनभरी सपना बुुनेर आफ्ना जहान, परिवारलाई सुखी र खुसी राख्नकालागि १२ वर्ष पहिलो विदेसिएका दोर्ण भुजेलको सपना अहिले आएर चकनाचुर भएको छ । तेह्रथुम जिल्लाको छथर हमरजुङ- ३ फयाकका भुजेलकी श्रीमती मन्जुला श्रीमानले कमाएको करौडौ रुपैयाँ कुम्ल्याएर अर्कैसँग भागेपछि उनको सपना एकाएक चकनाचुर भयो  । विदेशको भूमिमा ज्यानकै बाजी थापी आफ्ना जहान, परिवारकालागि दिनरात नभनी पसिना चुहाएर श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएको तर सुख धेर भएपछि श्रीमती सिन्धुलीका दिपक भुजेलसँगै भागेको दोर्णले बताए । उनले कमाएको सारा सम्पती कुम्ल्याएर अहिले बेपत्ता भएकी मन्जुलाले विदेशबाट पठाएको ५० लाख नगद, १५ तोला सुन, ७ वटा मोबाईल र मोरङ विराटचौकमा रहेका घडेरी समेत बिक्री गरेर दिपकसँग भागेकि हुन् । मन्जुलाले हराएको केही दिनपछि मात्रै छोरालाई फोन गरेर आफूले अर्को बिहे गरेको बताएको दोर्णले सुनाए । घर नजिकैको छथर शुक्रबारे बजारमा सब्जी किन्न जान्छु भनी गत चैत्र २५ गते घरबाट निस्कीएकी मन्जुलाले राती घर नआएपछि उनले म ऋण दिएको सुन उठाउन गएकी छु भोलि मात्र घर आँउछु भनी श्रीमानलाई भनेकी थिईन् । सँगै जिउने सँगै मर्ने वाचा गरेर लगान गाँठोमा बाँधिएकी श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि नगरेको उनी बताउँछन् । 'मेरा दुई छोराहरुलाई विचल्ली बनाएर गई, म यस पटक ५ महिनाको छुट्टीमा आएको थिएँ, मलाई भाग्यले पनि यति धेरै ठग्यो, अहिले गाँउमा रहेको घर बाहेक कुनै सम्पती छैन' उनले दुखेसो पोखे । दुई छोराकी आमा मन्जुलाले लिएर गएको सम्पती फिर्ता गराउनको निम्ती अहिले दोर्ण कानुनी बाटो रोज्न पुगेका छन् । उनले आफ्नो सम्पत्ति फिर्ता पाउँ भनि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
पतिले विदेशमा कमाएको करोडौ सम्पत्ती कुम्ल्याएर पत्नी अर्कैसँग चम्पट.. Reviewed by marumala srinu on 1:55 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.