Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपालीमाथि बज्रिएको घोर विपत्तिको बर्ष दिन वित्यो

नेपालीमाथि बज्रिएको घोर विपत्तिको बर्ष दिन वित्यो, नेपालीलाई मात्र नभएर सारा विश्वलाई स्तब्ध बनाएको विपत्तिको बर्ष दिनपछि नेपाल बल्ल पुनर्निर्माणमा

वर्ष दिन पनि । मध्यान्हको समय पारेर बज्रिएको विपत्ति अझै पनि धेरै नेपालीको आँखामा आलै छ । असैह्य पीडाको बज्रपात गराएको महाविनाशकारी भूकम्पको भयावहले नेपालीलाई मात्र रुवाएन सारा विश्वलाई स्तब्ध बनायो । सयौं बर्षदेखि काठमाडौं हरेक प्रहरका घटनाहरुको साक्षी बनेको धरहरा धराशायी मात्र भएन, लोभलाग्दो कला र इतिहास बोकेका सम्पदाहरु सखाप भए ।

नौ हजार नेपालीको ज्यान लिएको त्यही विपत्तिले अझै पनि अधिकांश नेपालीलाई चिमोटिरहेको छ । ढलेका घर र आवासहरु उठन नसक्दा सिंहदरबारप्रति सन्तुष्टि नभई असन्तुष्टि पनि बढ्दै गएको छ ।

V2

वैशाख १२ को त्यो विपत्तिले धेरैको घरवार, सुख, सपना लिएर गयो । थुपै्र धार्मिक सम्पदा र ऐतिहासिक धरोहरहरु ढले । सयौं घर भत्कियो र चर्कियो पनि । ऐतिहासिक धरोहर धरहरा, प्राचीन पाटन मन्दिर, दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगाउत थुप्रै संरचना छिन भरमै मासियो । भूकम्प गएपछि आएका परकम्पनले भत्किएका सबैलाई जिस्काइरह्यो र एक वर्ष बितिसक्दा पनि जिस्काइरहेको छ ।

यो एक वर्षमा भुकम्प पीडितले सरकारको राहतको प्रतीक्षा गरिरहे र गरे सरकारको घर बनाइदिने आश्वाशनको प्रतीक्षा तर सरकार यसरी चुप भएर बस्यो कि भुकम्प पीडित एक हातले आँशु पुस्दै एक हातले स्वयं पुननिर्माणमा जुटे यद्यपी पुननिर्माण काम आफैले सुरु गरे तर उनीहरुको सरकारप्रतिको भरोसा उठेन । एक वर्ष बितिसक्यो तर उनीहरुमा भत्किएका संरचनाको पुननिर्माण, पीडितको गुहार, र पीडितलाई न्याय सरकारले दिन्छ भन्ने अपेक्षा रहेको छ । भुकम्प पछि दाता सम्मेलनको आयोजना भयो र विभिन्न देशबाट पुननिर्माणका लागि ६ खर्ब भन्दा बढि रकम जुट्यो तर भुकम्प पीडित यति बेला सरकारले ती रकम के मा प्रयोग गर्र्दै छन्् भन्ने अहिले उनीहरुलाई चिन्ता सुरु भएको छ ।

भुकम्प गएको पनि एक वर्ष बित्यो तर अहिले सम्म न त भुकम्प पीडितले उचित राहत पाए न त सरकारबाट राहतको रकम नै । कयौँ रात टहरा, पालमा रुदै वास बसेका पीडितहरु अहिले आक्रोशमा छन् । नेपाली जनता एक वर्ष बितिसक्दा पनि अहिले सम्म पुननिर्माण नभएको र निर्माण कार्यमा सरकार नलागेको भन्दै आक्रोशित छन् ।

भुकम्प गएपछि सरकार लागिप¥यो रकम जुटाउन र पुननिर्माण गर्न पनि । विभिन्न देशको सहयोगले भरियो नेपाल, तर पुनर्निर्माणमा लागिपर्नुपर्ने नेपालको राजनीति दलहरु पनि पुनर्निर्माण प्राधिकरणको गठन र यस्को कार्यविधिमा नै अल्मलिए । दाता सम्मेलनमा सहयोग गरेका देशहरु यति बेला पुननिर्माण कहाँ पुग्ययो भनेर प्रश्न गर्न थालेका छन् जसको सरकार सँग कुनै उत्तर छैन । सरकार अब तात्नु छ खरायोको गतिमा काम गरेर दुखेको घाउमा मलम लगाउनु जरुरी छ ।



नेपालीमाथि बज्रिएको घोर विपत्तिको बर्ष दिन वित्यो Reviewed by marumala srinu on 8:45 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.