दक्षिण एसियामा आइएसको आतंक, प्राध्यापकको घाँटी रेटियो
काठमाडौं, १२ बैशाख । दक्षिण एसियाली मुलुक बंगलादेशमा मुस्लिम उग्रवादी संगठन इस्लामिक लडाकु समूह आइएसआईले आफ्ना हिंसात्मक गतिविधि बढाइरहेको छ ।
हालै बंगलादेशमा आइएसका सदस्यले एक प्राध्यापकको घाँटी रेटेर हत्या गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । केही समययता ब्लगर, बुद्धिजीवि र सामाजिक कार्यकर्तामाथि लगातार आक्रमण गर्दै आएको मुस्लिम बाहुल्यता भएको मुलुक बंगलादेशमा शनिबार अंग्रेजीका प्राध्यापक ५८ वर्षीय एएफएम रेजौल करिम सिद्दीकीको घर नजिकै घाँटी रेटेर हत्या गरिएको बताइएको छ ।
विद्यालय जाने क्रममा उनको मोटरसाइकलमा सवार व्यक्तिले छुराले घाँटी रेटेरे हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राध्यापक सिद्दीकी बंगलादेशमा नास्तिकताका समर्थक भएकाले हत्या गरिएको आइएसले सामाजिक सञ्जाल मार्फत हत्याको जिम्मेवारी लिएको छ ।
Reviewed by marumala srinu
on
9:30 AM
Rating:

No comments: