Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

२१ बलमै सतक ठोक्दै थोमसको विश्व रेकर्ड


बैशाख १६
३१ बलमै बन्यो १३१ रन, १५ छक्का र चार चौका
एजेन्सी: वेस्टइन्डिजका एक क्रिकेटरले एक टी-२औ० क्रिकेट प्रतियोगितमा २१ बलमै सतकको रेकर्ड बनाएका छन् ।
यो रेकर्ड भारतमा जारी आईपीएलमा नभइ वेस्टइन्डिजमा जारी टोबेगो क्रिकेट एसोसिशन टी-२० क्रिकेट प्रतियोगितामा एक २३ वर्षीय क्रिकेटरले अद्भुत रेकर्ड बनाउन सफल भएका हुन् ।
ट्रिनडाड एन्ड टोबागोकोका यी क्रिकेटरको यो रेकर्ड क्रिस गेलजस्ता धुवाँधार ब्याटिङ गर्ने ब्याट्सम्यानहरु पनि पछि परेका छन् ।
उनले आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरका लागि क्रिस गेलले ३० बलमा सतक बनाएको रेकर्ड पनि तोडेका छन् ।
गेलले आईपीएलको खेलमा पुने वारियर्सविरुद्ध ३० बलमा सतक जोड्दै विश्व रेकर्ड बनाएका थिए । अब थोमसले २१ बलमै सतक बनाएर गेललाई पछि पारेका हुन् ।
२३ वर्षीय ब्याट्सम्यान इराक थोमसले
टोबगो क्रिकेट एसोशियसन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा विष्फोटक ब्याटिङ गर्दै केबल २१ बलमै सतक ठोकेका हुन् ।
स्क्रेबोरह र स्पेसाइड्सबीच भएको यो खेलमा स्पेसाइड्सले पहिले ब्याटिङ गर्दै हुए इराक थोमसको टीम स्क्रेबोरहसामू १५२ रनको लक्ष्य दिएको थियो ।
तर यस लक्ष्यलाई पछ्याएको स्क्रेबोरहका तर्फबाट थोमसले केबल ३१ बलमै १३१ रन बनाउँदै सजिलो जित दिलाए ।
आफ्नो यस रेकर्ड सतकमा थोमसले १५ छक्कार ५ चौका ठोकेका थिए । इराकले यस सतकपछि आफ्नो पहिले टी २० सतकदेखि आफू धेरै खुसी भएको प्रतिक्रिया दिए ।
- अन्नपूर्ण पोस्ट्


२१ बलमै सतक ठोक्दै थोमसको विश्व रेकर्ड Reviewed by marumala srinu on 3:13 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.