Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

साउदी कम्पनीले ५० हजारलाई कामदारलाई निकाल्यो

एजेन्सी । साउदी अरबको सबैभन्दा ठूलो कम्पनी मध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिएको छ ।
कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको र सरकारले केही सहयोग नगरेको भन्दै उसले आफना कर्मचारीहरु कटाएको जनाएको छ ।
तर बिनलादिन समूहको यस निर्णयले सउदी सरकारलाई कुनै फरक नपर्ने पनि बताइएको छ ।
यो कम्पनी गत वर्ष मक्काको मस्जिदमा १०७ जना मारिने गरी भएको क्रेन दुर्घटनामा यस कम्पनी पनि दोषी पाइएपछि यसमाथि प्रतिबन्ध लगाइएको थियो ।
यो कम्पनीमा अलकायदाका पूर्व नेता ओसामा बिन लादेनको पनि सम्बन्ध रहेको बताइन्छ ।
साउदी राजपरिवारबाटै ठूला ठूला निर्माणलगायतका ठेक्का पाउने यस कम्पनीमा कुनै समय दुई लाखसम्म कर्मचारी रहेका थिए ।
यस कम्पनीमा दशकै देखि साउदी राजपरीवारबाट आउने ठुलो ठेक्का काम गर्दे आएको थियो जस अन्र्तगत मुस्लिमको धार्मिक स्थल मक्काको निमार्ण परियोजा समेत रहेको थियो ।

साउदी कम्पनीले ५० हजारलाई कामदारलाई निकाल्यो Reviewed by marumala srinu on 8:52 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.