गोरखा मा विद्यालय निर्माण गर्न स्पेन बाट नेपाल सम्म को १२००० किलोमीटर साइकल यात्रा
शिर मा नेपाली ढाका टोपी अनि मनभरी नेपाली माया लिएर ३७ बर्षिय स्पेनिस नागरिक गेरगोरी ग्यार्सागुयनाले साईकल बाट नै स्पेन देखि नेपाल गोरखा सम्म को अठार हजार किलोमीटर को साइकल यात्रा को सुरुवात गरेका छन् ।
“गोरखाका लागि एउटा ब्ल्याकबोर्ड” भनिएको उनको यो अभियानमा साइकल यात्रा को सुरुवात नेपाल मा गत वर्ष गएको महाबिनाश्कारी भुकुम्प को बार्षिकी २४ अप्रिल मा एक बिशेष समारोहका बीच सुरुवाट गरेका हुन्।
अभियानका साथ ३७ बर्षिय स्पेनिस नागरिक गेरगोरी ग्यार्सागुयनाले साईकलबाट नै नेपालको यात्रा तय गरेका छन्। सन् २०१७ जुलाई भित्र भूकम्प प्रभावित क्षेत्र गोरखामा पुग्ने लक्ष्य बोकी स्पेनबाट नेपालका लागि यात्रा तय गरेका हुन्। सन् २०१६ को अगष्ट सम्म टर्कीको अंकरा र सन् २०१७ को जुलाई सम्म भूकम्प प्रभावित क्षेत्र गोरखामा नै पुग्ने लक्ष्यलिएका गेरगोरी को गोरखा पुगेपछि विद्यालय पुनर्निर्माण गर्ने योजना रहेको छ। उनले विद्यालय पुनर्निर्माण परियोजना को लागि गोरखा जिल्लामा अबस्थित बालकल्याण निम्न माध्यमिक बिद्यालयलाई चुनेका छन् जहाँ ३ बर्ष देखि १७ बर्ष उमेर समुहका २ सय ५० जना बिद्यार्थीहरु अध्ययन गर्दै आईरहेका छन्।
आखिर गेरगोरी लाई के कुराले नेपाल सम्म को साइकल यात्रा गर्ने र गोरखा मा विद्यालय पुनर्निर्माण गर्ने चाहना भयो भन्ने प्रश्न मा उनि भन्छन, ” म ६ वर्ष पहिले नेपाल घुम्न गएको थिए, नेपाल र नेपाली बाट पाएको मायाले मलाई फेरि नेपाल तिर नै तान्यो र म नेपाल लाई सानो सहयोग गर्न चाहन्छु ” । गेरगोरी को नेपाल सम्म को साइकल यात्रा अनि विद्यालय पुनर्निर्माण को कदम ले स्पेन मा बसोबास गर्ने नेपाली हरु निकै नै उत्साहित भएका छन। गेरगोरी को यो महान अभियान मा सहयोग गर्न चाहनुहुन्छ भने तल को लिंक मा जान सक्नुहुनेछ।
गोरखा मा विद्यालय निर्माण गर्न स्पेन बाट नेपाल सम्म को १२००० किलोमीटर साइकल
यात्रा
Reviewed by marumala srinu
on
6:20 AM
Rating:
Reviewed by marumala srinu
on
6:20 AM
Rating:

No comments: