वैशाख १२ गते सार्वजनिक विदा छैन, खुरुखुरु कार्यालय आउने
काठमाडौं, ११ वैशाख । वैशाख १२ गते सार्वजनिक विदा रहेको भन्ने भ्रममा नपर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले वैशाख १२ गते सार्वजनिक विदा दिएको हल्ला फिजाइएपछि गृह मन्त्रालयले सो दिन सार्वजनिक विदा नभएको जनाएको हो ।
गोरखाको बारपाक केन्द्र बिन्दु बनाइ भूकम्प गएको एक वर्षको पुगेको अबसरमा वैशाख १२ गते सार्वजनिक विदा हुने हल्ला चलेको थियो ।
गृह मन्त्रालयले सदाझै सरकारी कार्यालय खुल्ने र नियमित काम हुने जनाएको छ ।
वैशाख १२ गते सार्वजनिक विदा छैन, खुरुखुरु कार्यालय आउने
Reviewed by marumala srinu
on
8:23 AM
Rating:
Reviewed by marumala srinu
on
8:23 AM
Rating:

No comments: