क्यनडाका सत्तरी वर्षीय बुढी आमाको भनाई "यदि म बाँचे भने दुई वर्ष पछि सगरमाथा चद्न नेपाल जान्छु "
व्यस्तताको कारण अाफ्नो थकाई मेटाउन खोला किनारमा एक्लै टोलाउँदै र चराचुरुङ्गीको चीरचीर आवाज सुन्दै अाफ्नो एकलपन र थकाईहरू सबै बिर्सिदै थिँए । केही समय पछि एक जना बुढी आमा मेरो नजिक आईपग्नु भयो "उहाँले के छ भन्नु भो ? मैले ठीकै छु भने " मैले नि उहाँलाई त्यहि प्रश्न गरेँ । त्यसपछी हाम्रो परिचय सुरू भयो । परिचय दिने क्रममा जब मैले म नेपालबाट अाएको हुँ भने ती बुढी आमाले "तिमी धेरै नै भाग्यमानी रहेछौ " फेरी मैले प्रश्न गरेँ कसरी म भाग्यमानी देख्नु भो ?"उहाँले लामो सास फेर्दै "भुकम्पबाट ज्यान गुमाएकाहरू प्रति दुख व्यक्त गर्नु भो । जे जस्तो परिश्थिति आईपर्दा पनि नेपालीहरू दुखलाई दुखको अनुभुती नगरी सधैँ सुखमय नै ठान्दो रहेछन् ।सायद यस्तै सहासी नै भएर होलान् नेपालीलाई "वीर गोर्खालीको प्रतिक प्राप्त भएको हो"
बुढी आमाले मलाई बोल्ने मौका नै दिनु भएन । उहाँले फेरी भन्नु भो - नेपाल एक प्रकृतिक देन हो । अरू देशहरू भन्दा धेरै नै सुन्दर छन् । जहाँ हिमालहरू हाँसेका छन् । गुरासहरू फुल्ने पाखा छन्। सगरमाथा जस्तो संसारकै अग्ला चुचुरा छन् ।जहाँ शान्तिको प्रतिक गौतम् बुद्ध जन्मेको छ र दलै लामा जस्ता सकरात्मक विचार भएकाहरू जन्मेका छन् । त्यसैले होला नेपालीहरूमा निराशापन भन्दा धेरै हर्षित देखिन्छु ।
अन्त्यमा बुढी आमाले भन्नु भो "यदि म बाँचे भने दुई वर्ष पछि सगरमाथा चद्न नेपाल जानेछु "
क्यनडाका सत्तरी वर्षीय बुढी आमाको भनाई "यदि म बाँचे भने दुई वर्ष पछि सगरमाथा चद्न
नेपाल जान्छु "
Reviewed by marumala srinu
on
4:33 PM
Rating:
Reviewed by marumala srinu
on
4:33 PM
Rating:





No comments: