निलमलाई गीतले हैन व्यक्तित्वले लट्ठ पारेका थिए रामकृष्णले
जीवन एउटा संघर्ष हो भन्ने भनाइलाई प्रमाणित गर्ने गायक ढकालको जन्म बाराको निजगढमा भएको हो । सामान्य किसानको परिवारमा जन्मेका रामकृष्ण जहाँ पनि गीत गाइहाल्थे । पछि उनको परिवार बसाइ सरेर परवानीपुर गए । तराई भेग भएर होला त्यहा बढी भोजपुरी गीतहरु गुञ्जिने गर्थे । उनी तिनै गीतहरु सुनी कण्ठ पार्नेगर्थे । उनको परिवारमा सांगीतिक क्षेत्रमा कोही नभएको भएर पनि उनको सांगीतिक यात्रा भने संघर्षशील नै रह्यो ।
२०४३ सालमा काठमाडांै आएपछि ढकालको संघर्षका दिन सुरु भए । उनले प्रेरणाको रुपमा सत्यगोपाल बज्राचार्यलाई भेटे । उनी कलाका पाखरखी थिए भने रामकृष्णलाई मञ्च चाहिएको थियो । रामकृष्णले एउटा एकल सांगीतिक कार्यक्रम आयोजना गरियो, जहाँ उनले नारायणगोपालका २२ वटा गीत र अरु गीत गाएर आफ्नो प्रतिभा सबैसामु छरिदिए । त्यही कार्यक्रमले रामकृष्णको सांगीतिक जीवनले नयाँ मोड लियो ।
चलचित्र र एल्बमका गरी २००० भन्दा पनि बढी गीतहरु गाइसकेका ढकालको प्रेम विवाहको प्रसंग पनि रोचक छ । विरहका गीत गाउने ढकालको प्रेम र वैवाविह जीवन भए रसपूर्ण छ ।
कसरी भेटे त उनले निलमलाई रु ढकाल भन्छन्– एउटा पत्रिकाको विज्ञापनमा आएको पासपोर्ट साइजको ब्ल्याक एण्ड वाइट फोटो देखेको भरमा उनले आफ्नी जीवन संगिनी निलम शाहलाई मन पराएका थिए । जोडी पहिलेनै भगवानले नै बनाएर पठाएको हुन्छन् भनेर शायद निलम पनि रामकृष्णको जिन्दगीमा भगवानले नै जुराएर पठाएको जोडी थिइन् ।
अझ रोचक कुरा त के छ भने रामकृष्णलाई निलम अति नै मनपरेपछि उनी आफ्नो साथीलाई कलेज भर्ना गर्ने निहु पारेर उनी निलमलाई भेट्न निलम अध्ययन गर्ने कलेज गए । रामकृष्ण निलमसंग विहे गर्न चाहन्थे र उनले निलमलाई भनेका पनि थिए । तर निलमले भने रामले भनेको कुरा राम्रोसंग बुझिनछिन् क्यार विवाह गर्न भनेर आफ्नो साथी पो देखाउन लिएर आइछिन् ।
पछि निलमले मेरो साथी कस्तो लाग्यो भनेर सोधेपछि भने रामकृष्णले म किन ऊसंग हैन विहे गर्ने भए म तिमीसंगै गर्छु भनेपछि विवाहको साइत जुर्यो । निलमलाई पनि रामकृष्ण चर्चित गायक भनेर हैन उनको व्यक्तित्वले आकर्षित गरेको रे १
दुईबीच कुरा मिल्यो तर जातमा समस्या र बाहुनको छोरा ढकाल, ठकुरीकी छोरी निलम । तैपनि विवाह त भयो नै । भगवानले जुराइदिएको जोडी न थियो । विवाहको कुरा निलमका बुबा सुरुमा नमाने पनि पछि मान्नुभयो र उनीहरु विवाह बन्धनमा बाँधिए ।
उनीहरुको जीवनको सबभन्दा खुशीको क्षण भनेको उनको छोरी जन्मिदा हो । छोरी जन्मेको ५ दिनमा जापान जानु परेको थियो रामकृष्णलाई । उनी जापान जानुभन्दा अगाडी उनकी छोरी गोरी थिइन् तर १ महिनापछि फर्किदा भने छोरी त पुरै काली । उनले निलमलाई रिसाएर गाली गरेका थिए । मेरी छोरीलाई किन काली बनाएको भनेर । तर उनलाई थाहा नै रहेनछ नेपालमा बच्चा जन्मेपछि घाममा राखेर तेल लगाइन्छ भनेर ।
पछि छोरी जन्मिदा जस्तै गोरी भएपछि भने उनी निकै खुशी भएका थिए । उनीहरु वैवाहिक जिवनमा बाँधिएको पनि १० वर्ष भइसकेको छ । यतिबेला ढकाल दम्पत्तिकी छोरी पनि राम्रो गीत गाउँछिन् ।
Reviewed by marumala srinu
on
12:37 PM
Rating:

No comments: