Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पत्रकार क्षेत्रीका छोराको शिक्षामा प्रदीप पौडेलको एक लाख

काठमाडौँः ब्रेन ट्युमरका कारण निधन भएका पत्रकार एवम् गीतकार सूर्यकुमार क्षेत्रीका छोराको शिक्षाका लागि कांग्रेस नेता प्रदीप पौडेलले एक लाख सहयोग घोषणा गरेका छन् । 

पौडेलले शनिबार विवाह खर्चबाट कटाएर श्रीमती एन्जिला न्यौपाने र उनको नाममा विज्ञप्ति प्रकाशित गर्दै एक लाख सहयोगको घोषणा गरेका हुन् । 
 
कांग्रेस केन्द्रीय सदस्य पौडेल वैशाख १५ गते मात्र विवाह बन्धनमा बाधिएका हुन् । पौडेलले प्रेस युनियन काठमाडौँ शाखामार्फत कोष निर्माण गर्ने बताएका छन् । 
 
‘परिवारका सदस्यसँग प्रेस युनियन काठमाडौँ शाखामार्फत समन्वय गरी यथाशीघ्र छोराको शिक्षादीक्षाका लागि उपयोगी हुने गरी कोष निर्माण गर्न एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ । 
 
प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका क्षेत्रीको वैशाख १६ गते राती उपचारको क्रममा निधन भएको हो । 

पत्रकार क्षेत्रीका छोराको शिक्षामा प्रदीप पौडेलको एक लाख Reviewed by marumala srinu on 8:35 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.