Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पानी जहाज दुर्घटनामा करिब पाँच सय जनाको मृत्यु

 भूमध्यसागरीय क्षेत्रमा हालै भएको भयानक ठूलो पानी जहाज दुर्घटनामा परी करिब ५०० जना आप्रवासी शरणार्थीको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी अधिकारका लागि कार्यरत संस्था युएनएचसीआरले बुधबार जनाएको छ ।

समुद्रमा भएको सो भयानक दुर्घटनामा साना डुङ्गाका सहयोगमा केही आप्रबासीलाई उद्धार गरिएको भए पनि यहाजमा यात्रारत अधिकांश आप्रबासी शरणार्थीको दुखद अन्त्य भएको बुझिएको यूएनएचसिआरले बताएको छ ।
सोमालिया, सुडान, इथियोपिया र इजिप्टबाट शरणार्थीका रुपमा युरोप हिँडेका र दुर्घटनामा बच्न सफल ४१ जनालाई साना डुङ्गाको सहयोगमा उद्धार गरएपनि करिब ५०० जना समुद्री इलाकामा बेपत्ता भएको बाँच्न सफल शरणार्थीले बताएको युएनएचसिआरका कारलोटा सामीले हस्ताक्षर गरी एएफपीलाई उपलब्ध गराइएको विज्ञप्तिमा जनाइएको छ ।

लिबियाको टवरुकबाट करीब २०० अफ्रिकी शरणार्थीलाई बोकेर हिंडेको सामुद्री यात्रागर्न अयोग्य मानिने पानीजहाजमा बीचबाट मानव तस्करले साना डुङ्गामा ल्याएका मानिसलाई थप्दै गएपछि भारवहन गर्न नसक्दा जहाज समुद्रमा डुवेको विज्ञप्तिमा जनाइएको छ ।
अप्रिल १६ मा समुद्रबाट उद्धार गरिएका उनीहरू अर्को दिन ग्रिसको कालामाटा पुगेका यूएन्एच्सीआरले बताएको छ । रासस÷एएफपी



पानी जहाज दुर्घटनामा करिब पाँच सय जनाको मृत्यु Reviewed by marumala srinu on 9:16 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.