Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चिनियाँ राजदूतलाई सरकारले दियो कडा चेतावनी, भारतीय राजदूतबारे चुप!

काठमाडौं, ११ वैशाख । सरकारले उत्तरी छिमेकी चीन र अन्य देशका कुटनीतिज्ञलाई आफूखुसी नगर्न चेतावनी दिएको छ ।

सरकारको कुटनीतिक निकायलाई जानकारी नगराई चिनियाँ राजदूत उ चुन्ताईसहित काठमाडौंस्थित नियोग प्रमुखदेखि प्रतिनिधिसम्मले मधेसी मोर्चाका नेताहरुसँग छुट्टै छलफल गरेकोमा सरकारले उनीहरुलाई सचेत गराएको हो ।

विदेशीको समर्थन खोज्न भन्दै मधेसी मोर्चाका नेताहरुले शुक्रबार विभिन्न देशका राजदूत र कुटनीतिज्ञलाई राजधानीको एक होटलमा बोलाएका थिए । जसमा चीनका राजदूतसहित अधिकांश देशका कुटनीतिज्ञ सहभागी थिए ।

सरकारको अनुमति विना आन्दोलनकारीसँग कुटनीतिज्ञले मनोमानी भेट गरेपछि शुक्रबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी मधेसी मोर्चाका नेताहरुसँग सरकारको जानकारीबिना राजदूतहरुले भेट्नु कुटनीतिक मर्यादा र भियना महासन्धिविपरित रहेको भन्दै उनीहरुलाई सचेत गराइएको जनाएको छ ।

नेपालको आन्तरिक राजनीतिक मामिलामा कुनै पनि दल विशेष वा समूहसँग भेट्नअघि कुटनीतिज्ञले सरकारलाई जानकारी दिनुपर्ने भन्दै परराष्ट्र मन्त्रालयले कुनै जानकारीबिना कुटनीतिक समुदाय बेलगाम हिड्नु भियना कन्भेसनविरुद्ध मात्र नभई कुटनीतिक आचारसंहिताविरुद्ध भएको भनेको छ ।

भारतीय राजदूत बारे चुप

चीनका राजदूतसहित अन्य देशका कुटनीतिज्ञले मोर्चाका नेता भेट्दा असन्तुष्टि जनाएको सरकारले नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले नांगो हस्तक्षेप गर्दा समेत चुप बसेको छ ।

संविधान निर्माणपछि मधेसीलाई उचाल्न भारतीय राजदूत रेको ठूलो हात छ । नेपालको सार्वभौमिकतामाथिनै प्रश्न उठाउने राजदूत रेका बारेमा सरकारले कुनै एक्सन लिएको छैन् ।

स्थानीय नागरिक र सत्तारुढ दलकै नेताहरुले रेलाई फिर्ता पठाउन माग गरेपनि सरकार भने भारतीय राजदूतसँग डराएजसरी बोल्नै सकिरहेको छैन् ।


चिनियाँ राजदूतलाई सरकारले दियो कडा चेतावनी, भारतीय राजदूतबारे चुप! Reviewed by marumala srinu on 1:01 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.