Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सनी लियोन अब लेखिका

एजेन्सीः पूर्वपोर्नस्टार सनी लियोनले नयाँ परिचय बनाएकी छिन् । पछिल्ला दिनमा पोर्नकर्म छोडेर बलिउड नायिकाको रुपमा चर्चा कमाइरहेकी सनी किताब लिएर आउन लागेकी हुन् ।
 
सनीले ‘स्विट ड्रिम्स’ किताब तयार गरेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । लियोनका किताबमा १२ वटा कथा समेटिएका छन् । 
 
सनीले यसलाई लेखन प्रयास भनेकी छिन् । उनले आफूले किताब लेखनबारे कहिल्यै नसोचेको तर पछिल्ला दिनमा दिमागमा आएका कुरा लेख्ने क्रममा पुस्तक तयार भएको बताएकी छन् । 
सनीले उनको पुस्तक तीन महिनामा तयार पारेको समेत खुलासा गरेकी छन् । 
 
उनको पुस्तकको पहिलो कथाको शीर्षक ‘७ ई’ रहेको छ । उनले पुस्तकको कभर पेजलाई इन्स्टाग्राममा राखेर सार्वजनिक गरेकी छन् । 


सनी लियोन अब लेखिका Reviewed by marumala srinu on 1:50 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.