Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

४० हजार बढी लाइसेन्स, ब्लु बुक र रुट परमिट खारेज गरिँदै

तपाईंको सवारी चालक लाइलेन्स, रुट परमिट कागजात र सवारी किताब ९ब्लुबुक० प्रहरीले लिएको छ रु वा प्रतिलिपि लिएर तपाईं सवारीसाधन चलाउँदै हुनहुन्छ, होसियार जति बेला पनि सुन्न सक्नुहुन्छ, तपाईंसँग सवारी साधन चलाउने कुनै वैधानिकता छैन।

कारबाहीमा परि ७ वर्षदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा थन्किएका १५ हजारभन्दा बढी लाइसेन्स, रुट परमिट कागजात र सवारी किताब प्रहरीले खारेजीको लागि यातायात व्यवस्था विभागलाई सिफारिस गरेको छ। मोटरसाइकल, बस, माइक्रोबस, ट्रकलगायत सवारीचालक वा धनीको कागजात खारेजीका लागि सिफारिस गरेको हो।

महाशाखाका डीआईजी प्रकाश अर्यालले विभिन्न कारबाही परेकाहरूको प्रहरीले कागजात लिए पनि पुनः लिन नआएकाहरूको खारेजीका लागि सिफारिस गरेको जानकारी दिए। उनका अनुसार प्रहरीले १० हजार ४ सय ४६ लाइसेन्स, १५ सय ६५ सवारी किताब ९ब्लुबुक० र १५ सय ७६ रुट परमिट (बाटो इजाजत० प्रमाणपत्र खारेजका लागि सिफारिस गरेको हो। यातायात व्यवस्था विभागसँग समन्वय भइसकेको छ, उनले भने,कारबाहीमा परेकाहरूको कागजात खारेजी हुन्छ, गल्ती गर्नेले अर्को प्रमाणपत्र बनाएर चलाउन पाइन्छ भन्ने मानसिकता अब त्याग्नुपर्छ।ु

पुरानै लाइसेन्सबाट प्रतिलिपि निकालिएका छन् भने तत्काल जरिवाना तिरी नचलाए स्वतः खारेज हुने उनले बताए। सवारीसाधन गलत साइडबाट चलाएको, एकतर्फी सडक वा विपरीततर्फ चलाएको, सवारीसाधनको अवस्था ठीक नभएको, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारीसाधन चलाएका चालकले कारबाहीमा परि प्रहरीलाई कागजात बुझाएर लिन बेवास्ता गरेकालाई खारेज गर्ने उनले बताए। अपराध गर्नेलाई कानुनले उन्मुक्ति दिँदैन भन्ने यो राम्रो उदाहरण भएको उनले बताए।


४० हजार बढी लाइसेन्स, ब्लु बुक र रुट परमिट खारेज गरिँदै Reviewed by marumala srinu on 6:44 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.