Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

ब्याट्रीबाट आगो सल्किँदा गाउँ नै सखाप

रुकुमः आगलागीका कारण रुकुमको एक गाउँ नै सखाप भएको छ । आगोका कारण जिल्लाको आठबिसकोट गाविस–३ दाजको पुरागाउँ नै सखाप भएको हो । 
 
स्थानीय कालीभान नेपालीको घरमा रहेको सोलारको ब्याट्री पड्किएर सुरु भएको आगो अन्य छिमेकीको घरमा सल्केको थियो ।
 
आगोका कारण त्यहाँका नौ घर पूर्णरुपमा क्षति भएको र दुई वटा घर आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जानकारी दिए । 
 
उनका अनुसार आगलागीबाट त्यही गाउँमा रहेका चार वटा पसल र एक वटा मेडिकलसमेत पूर्णरुपमा जलेर नष्ट भएका छन् । 
 
आगलागीका कारण सबैको घरका अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन् । आगोबाट करिब रु एक करोड बराबरको क्षति भएको हुनसक्ने स्थानीयको भनाइ छ । 
 
स्थानीय धीरेन्द्र बटालाका अनुसार अन्नपात, लत्ताकपडा, भाँडाकुँडाका साथै धनमालसमेत घरमै भएकाले रु एक करोडभन्दा बढी क्षति भएको हो तर क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । 
 
आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको प्रनाउ खड्काले बताए । उनका अनुसार सर्वसाधारण अहिले आगलागी भएको ठाउँ नजिकै त्रिपालमुनि सामूहिक रुपमा बसिरहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले पीडितलाई शुक्रबारमात्र राहत सामग्री पठाउने भएको छ । रासस 

ब्याट्रीबाट आगो सल्किँदा गाउँ नै सखाप Reviewed by marumala srinu on 8:54 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.