Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पटकपटक गर्भपतनबाट हुने खतराहरु !!

आजभोली पटकपटक अर्वोसन (गर्भपतन) गराउने घटना बढिरहेका छन् । गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा लिइएका कारण गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइन्छ । यस्तो प्रवृत्तिले महिलाको बाँझोपनलगायतका गम्भीर स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँदै लगेको बिशेषज्ञहरु बताउँछन् । अध्ययनले पटकपटक अवोर्सन गराउनेमध्ये १६ देखि २४ उमेर समूहका १८ दशमलव ६ प्रतिशत र ३५ देखि ४८ वर्ष उमेर समूहका करिब ५० प्रतिशत रहेको देखाएको छ । तीमध्ये एउटा मात्रै बच्चा भएका महिलाको दर १३ दशमलव ७ प्र्रतिशत र दुई वा दुई भन्दा बढी बच्चा भएका महिलाको दर ४२ दशमलव ६ प्रतिशत छ । अनुसन्धानले एकभन्दा बढी पटक गर्भपतन गराउन आउनुका चार कारणमा स्वास्थ्यका कारणले परिवार नियोजनको साधन प्रयोग नगर्नु, अस्थायी साधनको प्रयोग छुट्नु, स्थायी साधान मन नपराउनु र महिनावारीको तालिका अनुसारको चक्रमा भर पर्नु रहेको देखाएको छ । एकभन्दा बढी पटक गर्भपतन गराउनेमा सहरीया शिक्षित वर्ग नै अगाडि छ । महिलामा साधनबारे जानकारी नहुँदा, समयमा गर्भनिरोधक औषधि नखाँदा, साधनको नकारात्मक असरको डर र परम्परागत विधि अपानाउँदा अनिच्छित गर्भ रहनेको सख्या बढ्दै गएको हो । गर्भपतन गरेपनि यसको खतराबारे जानकारी कमैलाई छ । यस्ता छन् खतरा पाठेघर प्वाल पर्ने पाठेघरको संक्रमण अत्याधिक रक्तश्राव पाठेघर टाँसिने पाठेघर कुहिने पाठेघर खुम्चने निसन्तान पाठेघर फुट्ने कतिपय अवस्थामा ज्यानै जान सक्ने ।
पटकपटक गर्भपतनबाट हुने खतराहरु !! Reviewed by marumala srinu on 7:28 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.