अन्तरिक्षमा महिनाबारी भए के गर्ने ?
लन्डन-५० वर्षको अन्तरिक्ष दौडमा अहिलेसम्म अन्तरीक्षमा पुग्ने महिलाको संख्या ५० पुगिसकेको छ तर महिलालाई अन्तरिक्षमा पु¥याउने कुरामा जहिले पनि महिनाबारी तगाराका रुपमा हुने गरेको छ । अन्तरिक्षमा महिनाबारी भए त्यसले धेरै जटिला निम्त्याउँछ भन्ने भयका कारण जटिलता थपिएको थियो ।
nepalipatr-april
बिहीबार 'एनपीजे माइक्रोग्राभिटी' जर्नलमा छापिएको जानकारीअनुसार अन्तरिक्षमा जाने महिलाको यो समस्या समाधान गर्न महिनाबारी धकेल्न सकिने बताइएको छ । अभियान लम्बिन गए महिला वैज्ञानिकहरूलाई दिइने लामो अवधिसम्म टिक्ने 'कन्ट्रासेप्टिभ' उपयोग गर्नु उचित हुन्छ । यसका लागि शरीरभित्र हालिने इन्ट्राटेरिन डिभाइस सबैभन्दा राम्रो हुने अनुसन्धानकर्मी डा. वर्षा जैनले बताएकी छन् ।
उनले लामो समयदेखि अन्तरिक्षमा जाने महिलाहरूको स्वास्थ्यका बारेमा अनुसन्धान गरिरहेकी छन् । यस अध्ययनले शून्य गुरुत्वाकर्षण भएका ठाउँमा 'रेट्रोग्रेड' (खुस्किने) तरल पदार्थको प्राकृतिक वहाव रोकिँदा महिलाहरूलाई असर गर्ने मानिन्थ्यो । अध्ययनबाट के देखियो भने महिलाभित्र प्रत्यारोपण गरिने यन्त्रका माध्यमले महिनाबारी व्यवस्थापन गर्न सकिन्छ । त्यसले महिलालाई कुनै असर गर्दैन ।
अन्तरिक्षमा महिनाबारी भए के गर्ने ?
Reviewed by marumala srinu
on
5:37 PM
Rating:

No comments: