Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

विश्वका १७५ राष्ट्रद्धारा पेरिस सम्झौतामा हस्ताक्षर

विश्वका १७५ राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख मन्त्रीहरु, विशेष प्रतिनिधिलगायत राजदूतले संयुक्त राष्ट्रसङ्घको सभा हलमा शुक्रबार पङ्क्तिवद्ध रहेर आ–आफ्नो देशको प्रतिनिधित्व जनाएँदै विश्वव्यापी जलवायु परिवर्तको गतिलाई कम गर्ने पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् ।
FF
सम्झौतामा हस्ताक्षर गर्न पुगेका प्रतिनिधिको उत्साहजनक उपस्थितिले अब हस्ताक्षर गर्ने देशहरुको संसद्ले पनि यसलाई अनुमोदन गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

सबै देशले प्रतिवद्धता अनुरुप सम्झौतालाई कार्यान्वयनमा ल्याउनका लागि जिम्मेवारी पूर्ण भूमिका निर्वाह गरेमा छिट्टै जलवायु समस्याले निम्त्याएका विद्यमान समस्यालाई कमी गर्न सकिने छ ।

सम्झौता लागु हुन मानव क्रिया कलापका कारण उत्सर्जन हुने हरित गृह ग्यासका लागि जिम्मेवार ५५ प्रतिशत अर्थात् ९५५ देशले० यसलाई अनुमोदन गर्नुपर्नेछ ।

संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स लगायतका केही देशले यसै वर्ष सम्झौतालाई अनुमोदन गर्ने प्रतिवद्धता जनाईसकेका छन् ।

भावी पुस्ताको भविष्यसँग जोडिएको जलवायु सम्झौतामा हस्ताक्षर गर्न भएको उपस्थितिप्रति धन्यवाद व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले हस्ताक्षरकर्ता देशले आ–आफ्नो मुलुकको संसदबाट यसलाई छिट्टै कार्यान्वयनमा ल्याउन सहयोग गर्नेमा विश्वास गर्नुभएको छ ।

यस्तै महासभाका राष्ट्रसङ्घ अध्यक्ष मोगेन्स लिकिटफले सम्झौता गराउन राष्ट्रसङ्घ महासचिव वान लगाएत विश्वभरका नेताहरूले खेलेको अथक भूमिकाको प्रशंसा गर्नुभएको छ । रासस÷सिन्ह्वा

विश्वका १७५ राष्ट्रद्धारा पेरिस सम्झौतामा हस्ताक्षर Reviewed by marumala srinu on 6:20 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.