Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

शिद्धबाबालाई चिकित्सकको चुनौतीः ‘मैले बनाएको बाकसमा ९ घन्टा बसेर देखाउनूस, डाक्टरी छाडिदिन्छु’ - -डा. जागेश्वर गौतम, वरिष्ठ चिकित्सक

शिद्धबाबालाई चिकित्सकको चुनौतीः ‘मैले बनाएको बाकसमा ९ घन्टा बसेर देखाउनूस, डाक्टरी छाडिदिन्छु’ - -डा. जागेश्वर गौतम, वरिष्ठ चिकित्सक
_______________________
बिनाअक्सिजन बाकसमा नौ दिनसम्म बसेको भनेर चलेको हल्लालाई म सामान्य रुपमा लिन्छु । यस्तो हावादारी कुराहरु एक दुई वर्षको अन्तरमा एक पल्ट चल्छ । एकपल्ट बारामा एउटा फटाहा थियो, जंगलमा तपस्या गरेको भनेर बस्थ्यो । त्यसका भरौटेहरुले सुरक्षा दिएर राखेका थिए । उनीहरुले भने कि तपस्वीले केही पनि खानु भएको छैन । धेरै समयदेखि भोजनविना तपस्या गरिहरनु भएको छ । मैले भने ‘साँच्चै हो भने तिम्रा तपस्वीको पिसाबको नमुना देउ न त ।’ उनीहरुले मानेनन् ।
खाना खाएको र नखाएको पिसाब परीक्षाणबाट सजिलै थाहा हुन्छ । २–३ दिन नखाएपछि पिसाबमा एसिटोन देखिन्छ । पिसाबमा एसिटोन नेगेटिभ देखिनेबित्तकै थाहा हुन्छ कि त्यसले केही खाएको छ भन्ने ।
मान्छे बिनाअक्सिजन ३ मिनेटभन्दा बढी बाँच्न सक्दैन । शिद्धबाबा सुतेको बाकसभित्र पनि हावा त थियो । त्यस हिसाबले उहाँ तीन मिनेटभन्दा बढी बाँच्नु स्वभाविक हो । तर बाकसमा हावा नछिर्ने प्रबन्ध मिलाइएको छ भने केही समयमै बाकसभित्रको अक्सिजन सकिन्छ र मान्छे मर्छ ।
मान्छेलाई भ्रममा राख्न यस्ता हर्कत हुने गर्छन् । पोखराकै डाक्टरहरुले पनि चमत्कार भन्नु भएछ । शिद्धबाबाले नौ दिनसम्म कसरी र कुन माध्यमबाट हावा पानी भोजन लिनुभयो भन्ने थाहा नपाएर त्यसो भन्नु भएको हो ।
साच्चै नै अक्सिजनबिना नै नौ दिनसम्म बाच्ने दावी कसैले गर्छ भने त्यसलाई बाकस म बनाएर दिन्छु । नौ दिन परेन ९ घन्टा बसिदियोस्, डाक्टर छाडेर उसैलाई गुरु थापेर म पनि त्यही कला सिक्छु । नत्र संसारले पत्याओस् म पत्याउँदिन । किनभने गलत कुरा कसैले पनि पत्याउन हुँदैन ।
चमत्कारका नाममा सोझा सिधा मानिसहरुलाई झुक्याउने काम कसैले पनि गर्नुहुँदैन । नौ दिनसम्म उहाँले हावापानी बिना बाच्नु भएको त हुँदै होइन । तर उहाँ नौ दिनसम्म बाकसमा सुत्नु भएको चाहीँ होला । नौ –नौ दिनसम्म बाकसमा सुत्दा उहाँलाई कष्ट पनि भयो होला । त्यो म मान्छु । तर त्यो कुनै चमत्कार होइन । र त्यो सम्भव पनि छैन ।
यदि त्यसलाई कसैले जादु भनिदियो भने ठीक होला । जादु भनेपछि यस्तो विवाद पनि हुँदैन । जादु पनि नभन्ने अनि हावादारी कुरालाई चमत्कार पनि भन्नु ठीक होइन । (डा. गौतमसँग भएको कुराकानीमा आधारित)
साभार: 
शिद्धबाबालाई चिकित्सकको चुनौतीः ‘मैले बनाएको बाकसमा ९ घन्टा बसेर देखाउनूस, डाक्टरी छाडिदिन्छु’ - -डा. जागेश्वर गौतम, वरिष्ठ चिकित्सक Reviewed by marumala srinu on 11:31 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.