Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बजेटबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं: बजेट अधिवेशनबारेमा छलफल गर्न सिंहदरबारम शनिबार बिहानबाट सर्वदलीय बैठक शुरू भएको छ ।
बिहान पौने १० बजेबाट बजेट अधिवेशन, संविधान कार्यान्वयन र पुनर्निर्माणसहितका विषयमा छलफल गर्न सर्वदलीय बैठक शुरु भएको हो ।
संसद्मा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधि र प्रमुखहरुको उपस्थितिमा यो सर्वदलीय बैठक प्रधानमन्त्रीको आह्वानमा बसेको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले यो सर्वदलीय बैठकमा बजेट अधिवेशन, भूकम्पपछिको पुनर्निर्माणमा दलबाट परिचालित हुने स्वयम्सेवक र अन्य राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिए ।
यो बैठकमा तराई-मधेसमा दलहरुका मागलाई सम्बोधन गर्ने उपायबारेमा छलफल हुने भएको छ । मधेसी दलले आफ्ना माग सम्बोधन नगरेको भन्दै राजधानी केन्द्रित आन्दोलन गर्न लागेका बेला उनीहरुको मागबारेमा पनि छलफल हुने भएको हो ।
कांग्रेससहितका प्रतिपक्षी दलहरुले भूकम्पपछिको राहत तथा पुनर्निर्माण प्रकिया सुस्त भएको आरोप लगाइरहँदा सर्वदलीय बैठकमा यसबारे पनि छलफल हुने भएको छ।
वर्षाअगावै भूकम्पपीडितलाई त्रिपालबाट घरमा ल्याइसक्ने घोषणा सरकारले गरेका बेला यो बैठक भएको हो । नयाँ बजेट ल्याउन संसदको बजेट अधिवेशन आगामी २१ गतेबाट शुरु हुने भएको छ ।

बजेटबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक Reviewed by marumala srinu on 6:09 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.