झिटीगुन्टासहित पुलिसको सरुवा गरिदिने गृहमन्त्रीका कार्यकर्ताको धम्की
गोरखाः सामुदायिक प्रहरी सेवा केन्द्रका सचिवसमेत रहेका रामहरि केसीको नेतृत्वमा बुधबार बिहान आरुघाटबाट गोरखा सदरमुकाम आइरहेको बसमा अन्धाधुन्दा आक्रमण भयो ।
आफ्नो सिन्डिकेट तोडिने त्रासमा रहेको गोरखा यातायात व्यवसायी समितिको नेतृत्वमा गोरखा नपा–फिनाममा ३२ यात्रुसहितको बसमा केसी नेतृत्वको समूहले धावा बोल्यो ।
यो समितिका अध्यक्ष समेत रहेका केसी नेतृत्वको समूहले जथाभावी ढुंगामुढा बर्साउँदा एक ७० वर्षीया वृद्धको मुखमा गम्भीर चोट लाग्यो
प्रशासनको आडमा आफ्नो सिन्डिकेट तोडेको भन्दै घरेलु हतियार खुकुरी, खुँडा र गलसहित आएका समितिका पदाधिकारी र सदस्यहरुले गोरखा नपा–१५ फिनाममा ना५ख७२११ को यात्रु बसमा धावा बोलेका थिए ।
केसी नेतृत्वको समूहले हानेको ढुंगाले मुखमा लागेर गम्भीर घाइते उनी गोरखा अस्पतालमा उपचाररत छिन् ।
सरकारले समितिमार्फत बस चलाउने प्रावधान खारेज गर्दै प्रालिबाट चलाउने प्रावधान ल्याएपछि गोरखामा आरुघात यातायात प्रालि दर्ता भएको थियो ।
आरुघाट यातायात प्रालिको ३२ यात्रु बोकेर सदरमुकाम गइरहेको बसमा खुकुरी, खुँडा, गल र ढुंगासहित ज्याने लिने खालको आक्रमणमा संलग्न केसीले स्थानीय पुलिसलाई उल्टै धम्क्याएका छन् ।
आरुघाटको बसको स्कर्टिङमा रहेका इलाका प्रहरी कार्यालय आरुघाटका इन्सपेक्टर रबिराज थपलियालाई उनले २४ घन्टामा सरुवा गरेर देखाइदिने सार्वजनिक चुनौती नै दिन भ्याए ।
एमाओवादीका कार्यकर्तासमेत रहेका उनले गृहमन्त्रीको शक्ति देखाइदिने भन्दै इन्स्पेक्टर थपलियालाई २४ घन्टाभित्र आरुघाटबाट झिटीगुन्टासहित सरुवा गरिदिने धम्की दिएका हुन् ।
सिन्डिकेट तोड्दै गुडाइएको आरुघाट प्रालिको बस तोडफोड गरि जलाउन नदिएको झोंकमा उनले थपलियालाई आरुघाटबा सरुवा गरिदिने धम्की दिएका हुन्
‘आरुघाटका इन्सपेक्टरलाई २४ घन्टाभित्र झिटीगुन्टासहित सरुवा गर्न सकिन भने म रामहरि होइन’, उनको भनाइ उधृत गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘हाम्रो समिति हुँदा हुँदै आरुघाटको गाडी गुड्न दिनेहरुलाई हामी पनि छोड्दैनौं ।’
झिटीगुन्टासहित पुलिसको सरुवा गरिदिने गृहमन्त्रीका कार्यकर्ताको धम्की
Reviewed by marumala srinu
on
2:20 AM
Rating:

No comments: