Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सवारी लाइसेन्सको परीक्षा हलमा गोप्रो क्यामेरा

सवारी चालक अनुमति पत्रको लागि लिइने लिखित परीक्षा गोप्रो क्यामेराको निगरानीमा हुनेछ।

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा करिब २०० जना परीक्षार्थीको लिखित परीक्षा भइरहेको बेला ट्राफिक प्रहरीले गोप्रो क्यामेराले निगरानी गरेको छ।

‘परीक्षालाई व्यवस्थित बनाउन आजदेखि गोप्रो क्यामेराले निगरानी गर्न थालेका छौ,’ ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाथेछुले भने,‘ परीक्षा हलमा साथीलाई दायाँ बायाँ सोध्ने र चीट चोर्ने जस्ता गतिविधि नियन्त्रण गरी व्यवस्थीत परीक्षा सञ्चालन गर्न आजदेखि गोप्रो क्यामेराको प्रयोग गरेका हौ।’

ट्राफिक नियम नबुझेका र सवारीचालक नियमावली २०७१ अनुसार परीक्षा दिन अयोग्यले पनि परीक्षा दिएर लाइसेन्स पास भइरहेको भन्ने गुनासो बढेकाले यस्तो उपाय अपनाइएको उनले बताए।

नयाँ नियमावलीले कक्षा १० पास नगरेकालाई सार्वजनिक सवारी चालक अनुमतिपत्र नदिने व्यवस्था गरेको छ। यसअघि कक्षा ८ पास गर्नुपर्ने नियम थियो।

गोप्रो क्यामेरा देखेपछि परीक्षार्थीहरू पनि व्यवस्थित हुने र सम्भावित दुर्घटनाबाट केही हदसम्म बच्ने उनको तर्क छ।

सरदर अहिले लिखितमा ८० प्रतिशत विद्यार्थी पास हुन्छन् भने ट्रायलमा ४५ देखि ५० प्रतिशत विद्यार्थी पास हुने गरेका छन्।

नेपालमा अहिले २४ लाख लाइसेन्स बितरण गरिएको यातायात विभागले जनाएको छ।

सवारी साधन चलाउन योग्यता नपुगेकालाई पनि घुस लिएर लाइसेन्स बनाएको पाइएकोले अब परीक्षा हलमै निगरानी गरेपछि त्यो कम हुने उनले आशा लिएका छन्।

सडक निर्माणमा हुने गरेको अनियमितता, लापरबाही र भ्रष्टाचारको कारण पनि नेपालमा दुर्घटनाको सम्भावना बढ्दै गएको बताए। दक्षताको आधारमाभन्दा पनि भनसुन र पहुँचको आधारमा सवारी चालक अनुमति पत्र दिने प्रवृत्तिका कारण पनि सडक दुर्घटनाको संख्या बढ्दै गएको छ।

‘राम्रोसँग सीप नसिकी लाईसेन्स लिनु भनेको आफैंले आफ्नो मृत्युपत्र लिनु हो भन्ने नबुझ्दासम्म सवारी दुर्घटना कम गर्न सकिन्न त्यसैले पनि लाईसेन्स दिने निकाय र लिने व्यक्ति यसप्रति जिम्मेवार हुनुपर्छ,’ उनले भने,‘ अब हामी ट्रायल दिने ठाउँमा पनि गोप्रो क्यामेरा राख्छौ।’

परीक्षा पास गरेपछि ट्रायल दिनुपर्छ। ट्रायल पास गरेपछि स्मार्ट कार्ड पाइन्छ।

स्मार्ट कार्ड लिनका लागि सवारी चालक अनुमति पत्र लिएकाहरूले कम्तीमा पनि २५ सय तिर्नुपर्ने भएको छ। स्मार्ट कार्ड १० वर्षका लागि विभागले जारीगर्छ। २०५९ सालदेखि लाइसेन्सको शूल्क विभागले बढाएको छैन्। विभागले अहिले बाढ्दै गरेको लाइसेन्सको म्याद ५ वर्षको छ, शूल्क १ हजार रूपैया छ।



सवारी लाइसेन्सको परीक्षा हलमा गोप्रो क्यामेरा Reviewed by marumala srinu on 8:20 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.