Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

१ रनको जितपछि गुजरात आइपिएलको शीर्षस्थानमा

१ सय ७३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ रन कम १ सय ७१ रन जोड्यो । मोरिसले ३२ बलमा ४ चौका र त्यसको दोब्बर ८ छक्कासहित अविजित ८२ रन त बनाए, तर उनको टोली जित्न सकेन । १ रनले पराजित भयो । शीर्ष ब्याट्सम्यानहरु नचलेपछि जेपी डुमिनी र मोरिसले टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । ड्वान ब्राभोले अन्तिम ओभर कसिलो बलिड् गरेपनि दिल्ली झिनो अन्तरले जितबाट विमुख हुन पर्यो । डुमिनीले ४८ र रिसब पन्तले २० रन बनाए । गुजराजका धवल कुलकर्नीले ३ तथा ब्राभो र जेम्स फकनरले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिड्को निम्ता पाएको ओपनरद्धय ड्वाने स्थिम र ब्रान्डन म्याकलमको अर्धशतकमा गुजराजले ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । पहिलो विकेटका लागि उनीहरुले १ सय १२ रनको साझेदारी गरे । म्याकलमले ३६ बलमा ६ चौका र ३ छक्काका साथ ६० रन जोडे । ३० बल खेलेका स्थिमले ५ चौका र ३ छक्कामा ५३ रन बटुले । दिनेश कार्कीले १९ र फकनरले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
ब्याटिडमा समेत उच्च प्रदर्शन गरेका मोरिले २ विकेट समेत लिए । इमरान तारिहले २ र डुमिनीले १ विकेट लिए । आइपिएलमा बिहीबार कोलकाता र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

१ रनको जितपछि गुजरात आइपिएलको शीर्षस्थानमा Reviewed by marumala srinu on 5:31 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.