Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मलेशीयाबाट २ हजार ६ सय भन्दा बढी नेपाली कामदार निकालीए

मलेसीया सरकारले भिसा अवधि सकिए पनि जर्वजस्ति मलेशीयामा लुकेर बसरहेका २ हजार ६ सय भन्दा बढी नेपाली कामदारलाई धरपकड गरेर फिर्ता पठाएको छ ।

सहायक गृहमन्त्री नुर जाज्लान महोम्मदले त्यहांको संसदलाई दिएको जानकारी अनुसार, सन् २०१६ को सुरुको ४ महिनामा २६ सय नेपालीलाई पक्राउपछि घर पठाइएको हो ।

निश्कासनमा परेकाहरुमा, अवैधानिक भएर पनि पुनः दर्ता कार्यक्रममा सहभागी नहुनेहरु मात्र परेका छन् । भिसा अवधि सकिएर पनि स्वदेश फर्कन अटेर गर्ने अवैधानिक कामदारलाई फिर्ता पठाएको र अवैधानिक कामदारलाई पुनः दर्ता हुने अवसर दिएको मलेशीयाको गृहमन्त्रालयले जनाएको छ ।

मलेसियाले गत फेब्रुअरीदेखि अवैध कामदारलाई वैधानिक हुन अवसर दिएको छ । तर, अटेर गर्नेहरुलाई पक्राउ गरिेर सम्वन्धीत् मुलुकमा पठाइएको छ ।

यो अभियान अन्तर्गत् मलेसियाबाट जनवरीयता ४० हजार विदेशी कामदार निष्काशित भइसकेका छन् ।


मलेशीयाबाट २ हजार ६ सय भन्दा बढी नेपाली कामदार निकालीए Reviewed by marumala srinu on 7:15 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.