चिनियाँ जहाज ‘सेतो हात्ती’, आम्दानीभन्दा तीनगुणा बढी सञ्चालन खर्च
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ। नागरिक दैनिकमा समाचार छ।
निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोर्डन आर्क’ एम्ए–६० ले एक वर्ष र १८ सिटे वाई १२–ई जहाजले ९ महिनामा जति आम्दानीको तीन गुणा भन्दा बढी सञ्चालन खर्च गराएको तथ्य सार्वजनिक भएको हो।
२०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै वाई १२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म ९ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो।
यही एक वर्षमा एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ र १२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ।
चिनियाँ जहाज ‘सेतो हात्ती’, आम्दानीभन्दा तीनगुणा बढी सञ्चालन खर्च
Reviewed by marumala srinu
on
6:06 PM
Rating:
Reviewed by marumala srinu
on
6:06 PM
Rating:

No comments: