Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रतिबद्धता अनुरुप पुनर्निर्माण कार्य हुन सकेन

महाविनाशकारी भूकम्पले ध्वस्त पारेको बिभिन्न ऐतिहासिक धरोहरहरुको पुनर्निर्माण अझै सुरु हुन सकेन, सरकारी प्रतिबद्धताप्रति सर्वसाधारणको विश्वास गुम्दै

गतेको महाविनाशकारी भूकम्पले ध्वस्त पारेको विभिन्न ऐतिहासिक धरोहरहरुको अझै पनि पुननिर्माण हुन सकिरहेको छैन । यस्तै माग २ गतेबाट सम्पदाहरुको पुनर्निर्माण थाल्ने  महाअभियान सुरु गर्न भन्दै राष्ट्रपति र प्रधानमन्त्रीद्धारा  उद्घाटित रानीपोखरी र बुङमति स्थित मच्छिन्द्रनाथ मन्दिरको नै पुनर्निर्माणमा पुरै वेवास्ता गरिएको छ ।

गतबर्ष गएको महावनाशकारी भुकम्पले दर्जनौ सांस्कृतिक धरोहरहरु भत्किए ।  तर चाँडै नै पुननिर्माण गर्ने भनिएपनि कुनै ठोस योजनासमेत नबनेका कारण ढिलाइ हुन गएको छ । माग २ गतेबाट पुननिर्माणको महाअभियान सुरु गर्न भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरीबाट पुननिर्माणको अभियानको उदघाटन गर्नुभयो र प्रधानमन्त्री के पी शर्मा ओलीले बुङमति स्थित मच्छिन्द्रनाथ मन्दिरबाट । तर निकै महिना भइसक्यो न पुननिर्माणको थालनी भएको छ नत भत्किएका मठमन्दिरको व्यवस्थापन नै ।

मच्छिन्द्रनाथ मन्दिर नजिकै बस्ने एक स्थानीयबासी जस्ले भुकम्पका कारण मन्दिर भत्किएको देखे । उनै स्थानीयवासी राजमान शाक्यका अनुसार माघ २ गते मन्दिरको पुननिर्माण थाल्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियान गर्ने घोषणा गनुभएको भएपनि अहिलेसम्म केही पनि नभएको तर्क छ । उच्च अहोदाका व्यतिmत्वले गरेको महाअभियानका कारण मन्दिरको पुनर्निमाण छिटटै हुनेमा आफु निकै विश्वस्त भएको शाक्यको दाबी छ ।

भुकम्प गएपछि नेपाल सरकारले पुर्नस्थापनाका नाममा दातृ सम्मेलनबाट अर्बौँ रुपैया रकम जुटाएता पनि सम्पदाहरुको पुननिर्माणको थालनी नै हुन नसक्दा स्थानियबासीहरु निराश छन ।

उच्च ओहदाका व्यतिmत्वहरु नै कार्यन्वयनमा भन्दा बोलीमा मात्र सीमित बनेको गुनासो स्थानीयवासीमा बढ्दै गएको छ ।



प्रतिबद्धता अनुरुप पुनर्निर्माण कार्य हुन सकेन Reviewed by marumala srinu on 7:59 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.