Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

साउदीको विन लादेन समूहले ५० हजार कर्मचारी कटौती गर्‌यो

काठमाडौं, वैशाख १८– साउदी अरेवियाको सबैभन्दा ठूलो कम्पनी विन लादेन समूहले ५० हजार कर्मचारी कटौती गरेको छ । अरब न्युजका सम्पादक सिराज बहाबकाअनुसार बिन लादेन समूहले प्रतिबन्धका कारण काम गर्न नपाएपछि कर्मचारी कटौती गरेको जनाएको छ । समूहले मक्कामा निर्माणका काममा प्रयोग गरिरहेको क्रेन दुर्घटना हुँदा ९ महिना अघि १ सय ७ जनाको ज्यान गएपछि कम्पनीमाथि प्रतिबन्ध लगाइएको थियो । कम्पनीको कामदार कटौती गर्ने निर्णयबाट नेपाली कामदार प्रभावित भए नभएको एकीन भएको छैन् । साउदी अरवको सबैभन्दा ठूलो कम्पनी विन लादेन समूह अलकायदाका पूर्व नेता ओसामा विन लादेनसँग सम्बन्ध रहेका व्यक्तिहरुले सञ्चालन गरेका हुन् । कम्पनीले साउदी अरवको राजपरिवारबाट ठूला निर्माणको काम पाउँदै आएको थियो ।  कच्चा तेलको भाउ घटेपछि घाटा बेहोर्दै आएको साउदी अरेवियाले आर्थिक नोक्सान हुन नदिन कडा कदम चाल्दै आएको छ । तर विन लादेन समुहले कर्मचारी कटौती आर्थिक नोक्सानी नभएर कम्पनी माथीको प्रतिबन्द रहेको जनाएको छ ।
साउदीको विन लादेन समूहले ५० हजार कर्मचारी कटौती गर्‌यो Reviewed by marumala srinu on 9:50 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.