Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

जन्मदिनको भोज खाँदा एकको मृत्यु, ४९ बिरामी

नुवाकोटको काहुलेमा जन्मदिनको भोज खाएका एक जनाको ज्यान गएको छ। भोज खाने थप गाउँले बिरामी भएका छन्। 
 
काहुले–६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएका ५० जना गाउँले बिरामी भएका हुन्। बिरामीमध्ये काहुले–८ का ३० वर्षीय मेघबहादुर तामाङको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।  
 
मङ्गलबार साँझ भोज खाएका गाउँले बुधबार बिहानदेखि बिरामी पर्न थालेका हुन्  बिरामीलाई बुधबार राति उपचारका लागि सदरमुकामका अस्पतालमा ल्याइएको थियो। अहिले त्रिशूली जिल्ला अस्पतालमा ३८ र नुवाकोट सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररत बिरामीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। 
 
भोजमा दाल, भात, तरकारी, कुखुरा, राँगोको मासु, रक्सी सेवन गरेको र भोज भएको घरमा बाँकी भएको परिकारसमेत प्रहरीले परीक्षणका लागि सदरमुकाम ल्याएको प्रहरी निरीक्षक बस्नेतले बताए।  कुन खाद्य परिकारमा कुन विषादीका कारण बिरामी भएका हुन् भन्ने अझै खुलेको छैन। रासस
जन्मदिनको भोज खाँदा एकको मृत्यु, ४९ बिरामी Reviewed by marumala srinu on 9:59 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.