Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चट्याङ लागेर फुटबल खेलाडी मैदानमै ढले, एकको मृत्यु

खोटाङः जिल्लाको बाक्सिाला गाविसमा भइरहेको बाक्सिाल गोल्डकपका क्रममा शनिबार अचानक पानी सँगै परेको चट्याङ लागेर एकजना खेलाडीको ज्यान गएको छ ।
चट्याङ लागेर ज्यान गुमाउनेमा सप्तेश्वर गाविस-३ का जगतबहादुर राई रहेका छन् । उनी अन्य खेलाडीसँगै चट्याङ लागेर मैदानमै ढलेका थिए ।
घटनामा अन्य पाँच खेलाडी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।
चट्याङ परेपछि खेलाडीहरु मैदानमै ढलेर बेहोस भएका थिए । घाइतेहरुलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको छ ।
चट्याङ लागेर अन्य १५ जना पनि सामान्य घाइते भएका डिएसपी माझीले जानकारी दिए ।

चट्याङ लागेर फुटबल खेलाडी मैदानमै ढले, एकको मृत्यु Reviewed by marumala srinu on 3:29 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.