अमेरिकाको उच्च सम्मान पाउने पहिलो नेपाली प्रधानसेनापति बने राजेन्द्र क्षत्री
काठमाडौं, १० वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्री वैशाख १२ अमेरिका भ्रमणमा जाने भएका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति क्षेत्री अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान थाप्न अमेरिका जान लागेका हुन ।
अमेरिकी सेनाको उक्त शिक्षण संस्थाहरुले त्यहांबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल भएका शिक्षार्थीहरुलाई यस्तो सम्मान दिने प्रावधान अनुरुप प्रधानसेनापति क्षत्री सो सम्मान ग्रहण गर्न जान लागेका हुन् । अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेशनल हल अफ फेममा सम्मानित हुने क्षत्री नेपाली सेनाको पहिलो प्रधानसेनापति हुन ।
प्रधानसेनापति क्षत्रीले उक्त भ्रमणको दौरान अमेरिकी सरकारका उच्चपदस्थ अधिकारी लगायत बरिष्ठ सैनिक अधिकृतहरु तथा संयुक्त राष्ट्र संघका पदाधिकारीहरुसंग भेटघाट गर्नुका साथै विभिन्न सैनिक संरचनाहरुको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
प्रधान सेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणदलमा श्रीमती रीता क्षत्री, सह सैनिक सहायक महासेनानी अनुप जंग थापा लगायत ५ जना रहनेछन् ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री बैशाख २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
अमेरिकाको उच्च सम्मान पाउने पहिलो नेपाली प्रधानसेनापति बने राजेन्द्र क्षत्री
Reviewed by marumala srinu
on
6:10 AM
Rating:
Reviewed by marumala srinu
on
6:10 AM
Rating:

No comments: