भूकम्प प्रतिरोधी घरहरु निर्मााण बारे इञ्जिनियरहरु लाई तालिम
भूकम्प गएको एक वर्ष विते लगत्तै पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काममा सक्रियता देखाएको छ । पुसमा गठन भएको पुननिर्माण प्राधिकरणले गठन भएको ३ महिना पछि इन्जिनियरहरुलाई तालिम दिने कार्यक्रम सुरु गर्दै पुर्ननिर्माण कार्यलाई प्रभावकारी बनाउने तयारी गरेको छ ।
भुकम्प गएको वर्ष दिनको अवसर पारेर प्राधिकरणले प्रथम तहमा इन्जिनियरहरुलाई भुकम्पले भत्किएका १४ जिल्लाका घरहरु निर्मााण कसरी गर्ने भन्ने विषयमा दुई दिने तालिम दिएर पुननिर्माणको काम सुरु गरेको छ ।
पुस मसान्ततिर प्रधानमन्त्री केपी शर्मा ओलीको संयजकत्वमा गठन भएको प्राधिकरणले तिन महिनामा पुर्ननिर्माण कुन तरिकाले सुरु गर्ने भन्ने प्रारम्भिक अध्ययन गरेर सोमबार देखि देशका इन्जिनियरहरुलाई तालिम दिन थालेको हो । दुई दिन सम्म चल्ने उक्त तालिममा देशका इन्जिनियहरुलाई भुकम्प प्रतिरोधात्मक घरहरु बनाउने तरिका, त्यसको जगको विषयमा अध्ययन गराउँदै देश भर खटाउने जानकारी दिएको छ ।
प्राधिकरण गठन भएको तिन महिना पछि सुरु भएको पुर्ननिर्मााणको काम चुस्त दुस्त रुपमा अगाढी बढाउने प्राधिकरणका सदस्यको भनाई छ ।भुकम्प गएपछि चर्किएका र भत्किएका घरहरुको अध्ययन गर्न खटाएको इन्जिनियर टोलीहरुले बस्न अयोग्य ठहरिएका घरहरुलाई रातो स्टिकर टास्ने काम गरेका थिए ।
तर, प्राधिकरणका अनुसार तालिम प्राप्त टोलीले घर निर्माण गरेर भुकम्प पीडिततलाई राहत महसुस गराउने प्राधिकरणले बताएको छ । त्यसैगरी तालिम प्राप्त इन्जिनियरहरु पनि सरकारको कार्यप्रति खुसी व्यक्त गर्दै विदेशी इन्जिनियर भन्दा स्वेदेशी इन्जिनियरले नै देशको पुननिर्माण गर्नुपर्ने बताएका छन् । इन्जिनियरहरुलाई तालिम दिएर सुरु भएको उक्त प्राधिकरणको पुननिर्माणको कामले भुकम्प पीडितहरुले राहत पाउने विश्वास गर्न सकिन्छ ।
भूकम्प प्रतिरोधी घरहरु निर्मााण बारे इञ्जिनियरहरु लाई तालिम
Reviewed by marumala srinu
on
7:18 AM
Rating:
Reviewed by marumala srinu
on
7:18 AM
Rating:

No comments: