Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अमेरिकामा यसरी भयो बिमोचन

नेपाली र अमेरिकन गरि पाच जेष्ट नागरिक आमाहरुबाट आख्यानकार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणको अमेरिकाको नर्थक्यारोलिनामा  सार्बजनिक भएको छ |महाभारतकालिन कथा भित्र पसेर लेखिएको चीरहरणमा ,  सत्यवती देखि द्रोपदीसम्म पुग्दा  नारीका तमाम सामाजिक बिबसता , भोग्नु परेको  हिसा साथै धृतरास्ट्रहरुको सिंहासन मोह , सकुनी सड्यन्त्र , राजनैतिक दाउपेच , र महायुद्द जस्ता घटनामा बर्तमान समय पनि  भेट्न सकिन्छ  | 

eaad3fd7-ec7a-44e4-a22a-7db97e3cf121 (1)
 
कुन्तीको पुत्र त्याग होस् या द्रोपदीको चीरहरण आजका पनि साझा घटना हुन् | दिनहु जसो समाचार बनेका, बेबारिसे अबस्थामा भेटिने नब शिशु र बलत्कारका  घटनाहरु  यिनका प्रमाण हुन् |त्यतिमात्र होइन राज्यकै पनि चीरहरणको विसंम अबस्था बारे संकेत गरेको छ   |द्वापर युगको एनामा  कलियुग  नियालिएको छ | महाभारतमा आधारित भएर अन्य पुरुस लेखक साहित्यकारका कृति आएको भएता पनि नेपालमा महिलाबाट लेखिएको प्रथम बिसाल उपन्यास हो | 
 
५४० पृष्ट रहेको उपन्यास साग्रिलाले प्रकासन गरेको हो |चीरहरणको मुल्य ५५५ तोकिएको छ |

बैशाखको दोस्रो साताबाट नेपाल अधिराज्य भर उपलब्ध हुने जानकारी प्राप्त भएको छ र नेपाल बाहिर को निम्ति छिटै वितरणको ब्यबस्था मिलाउने जानकारीमा आएको छ | नौ बर्ष देखि अमेरिका रहेर निरन्तर कलम चलाई रहेकी निहारिका को यस पुर्ब अमेरिका मै रहेर डायस्पोरिक बिसयमा लेखिएको अर्की आइमाई उपन्यास प्रकासित भएको थियो l

अमेरिकामा यसरी भयो बिमोचन Reviewed by marumala srinu on 9:18 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.