यु-१४ महिला फुटबलमा नेपाल भारतसँग ९-० ले पराजित
काठमाडौं, दक्षिण तथा मध्यक्षेत्रीय महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । ताजकिस्तानमा भइरहेको १४ वर्षमुनिको दक्षिण तथा मध्यक्षेत्रीय महिला
फुटबलमा नेपाल भारतसँग ९-० गोल अन्तरले पराजित भएको हो । सात देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपाल रहेको समूहमा भारतसँगै गएको वर्षको विजेता बंगलादेश पनि छ । नेपालले बिहीबार बंगलादेशसँग खेल्नेछ । लिगकम नकआउटका आधारमा हुने खेलमा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
यु-१४ महिला फुटबलमा नेपाल भारतसँग ९-० ले पराजित
Reviewed by marumala srinu
on
4:47 PM
Rating:
No comments: