पुनर्निर्माणका लागि ११ सय इन्जिनियर तयार
अनुदान पाउन योग्य पहिचान गरिएका भूकम्पपीडित १९ जिल्लामा निजी आवास निर्माणमा प्राविधिक सहयोग गर्न सरकारले एक हजार एक सय इन्जिनियरलाई तयार पारेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
राष्ट्रिय पुनर्निर्माण प्रधाकिरण, सहरी विकास मन्त्रालय, भवन निर्माण विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाजका विज्ञले सोमबार र मंगलबार तालिम दिएरु एक हजार एक सय इन्जिनियरलाई भूकम्प प्रभावित गाउँमा परिचालन गर्न तयार बनाएका हुन्।
उनीहरुले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा विशेष कार्यक्रम गरी विदाइ गर्न लागेका हुन्।
सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यन्वयन इकाइका प्रमुखसमेत रहेका सहसचिव शिवहरि शर्माका अनुसार एक साताभित्र तालिम पाएका इन्जिनियर सम्बन्धित जिल्लामा पुगिसक्नेछन्।
अमेरिकी सहयोग नियोग यूएसएडको आर्थिक सहयोगमा तालिम पाएका इन्जिनियरले गाउँमा पुगेर भूकम्पप्रतिरोधी निजी आवास निर्माणमा प्राविधिक सहयो पुर्याउनेछन्।
पुनर्निर्माणका लागि ११ सय इन्जिनियर तयार
Reviewed by marumala srinu
on
5:14 PM
Rating:

No comments: