Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपाली युवाको कुटाईबाट टिकापुरमा भारतीय नागरिकको ज्यान गयो

कैलाली, १४ बैशाख । कैलालीको टिकापुरमा एक जना भारतीय नागरिकको कुटपीटबाटै ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार टिकापुर नगरपालिका–९ समितिपुरस्थित टिकापुर बजारमा साईकलमा बरफ बेच्ने भारत लखिनपुर खिरी जिल्ला मोहल्ला सिंघाई बेदौरा–८ घर भएका २८ बर्षीय मोहम्मद नसिर कुरेसीको कुटपिटबाट मृत्यु भएको छ ।
उनलाई सोमबार सोही ठाउँ बस्ने १७ बर्षीय नबिन थापा र १७ बर्षीय डल्ले पुरीले कुटपिट गर्दा बेहोस भएकोले उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
फरार अभियुक्तहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाली युवाको कुटाईबाट टिकापुरमा भारतीय नागरिकको ज्यान गयो Reviewed by marumala srinu on 1:20 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.