Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एनआरएन यूके महिला फोरमको सकृयतामा ८ लाख संकलन -

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) महिला फोरमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गत ५ मार्च तारिखका दिन एक च्यारिटी कार्यक्रम गरेको छ । चेतना समूह नेपाल, घक्र्यौली २ हरिवन सर्लाहीद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहको सहयोगार्थ किङस् सेन्टर अल्डरसटमा आयोजित कार्यक्रमबाट ५ हजार पाउण्ड (करिब ८ लाख रुपैयां) संकलन भएको एनआरएनए यूके महिला संयोजक सुशीला राईले जनाइन् । संयोजक राईले संकलित रकम पूर्णरुपमा सदुपयोग हुने विश्वास दिलाउनुभएको छ । उहाँले ८ लाख रुपैयाँभन्दा बढी संकलन भएको जानकारी दिंदै खर्च कटाएर सबै रकम नेपाल पठाउने जानकारी दिनुभयो । राईले सहयोग प्रदान गर्ने, कार्यक्रम सफल बनाउने अभियानमा खटिएका सबै अभियन्ता, अतिथि एवं शुभचिन्तकलाई धन्यवाद दिनुभयो । परोपकारी अभियानलाई आफूहरुले निरन्तरता दिने संयोजक राईले उल्लेख गर्नुभयो । उक्त च्यारिटीमा महिला फोरमकी सहसंयोजक इशा गुरुङले २५२५ पाउण्ड २५ पेन्स, एनआरएनए यूके महिला उपाध्यक्ष शान्ति थापा कुंवरले ८ सय २५ पाउण्ड तथा महिला संयोजक राई, अन्य प्रायोजक र दाताहरुबाट रकम संकलन गरिएको थियो । प्रसुना कंडेल र निया देवानले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नारी दिवसको शुभकामना दिए भने विशेष अतिथी एनआरएनए अन्तर्राष्ट्रिय परिषदकी महिला सह संयोजक रजनी प्रधानले एनआरएनए अभियानमा महिलाको सहभागिता र परोपकारी कार्यबारे मन्तव्य दिइन् । कार्यक्रममा नेपलिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. बिना थेवेले बेलायतमा नेपाली महिलाहरुको अवस्था र चुनौतीबारे प्रकाश पारेकी थिइन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट, उपाध्यक्ष अनिता बिन्दु, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा फोरमका सहसंयोजकद्वय इशा गुरुङ र प्रतिमा केसीले क्रमशः स्वागत र धन्यवाद मन्तव्य दिएका थिए । एनआरएनए यूके सदस्य छवी पुनले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक प्रस्तुति भएको थियो । कार्यक्रममा एनआरएनए आइसीसी सदस्यहरु संगीता मरहट्ठा, सुष्मा राई, एनआरएनए यूके पूर्व अध्यक्षहरु रि. मेजर डमर घले र सूर्य गुरुङ, नेपाल पत्रकार महासंघ महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतम, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर,निर्वतमान अध्यक्ष चिरन शर्मा, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा लगायत सयौंको उपस्थिति थियो । कार्यक्रममा चेतना समूह नेपालका वालवालिकाको संक्षिप्त भिडियो शान्तिको खोजी समेत देखाइएको थियो - 
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एनआरएन यूके महिला फोरमको सकृयतामा ८ लाख संकलन - Reviewed by marumala srinu on 11:53 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.