Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

एनसेलले ल्यायो ‘सबैलाई उपहार’ योजना

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन सक्नेछन्।
 
‘एनसेलको बहार, सबैलाई उपहार’ आज फागुन २७ (बिहीबार) बाट लागू भई ९० दिनसम्म संचालन हुने कम्पनीले जनाएको छ । योजनामा एनसेलका सम्पूर्ण नयाँ तथा पुराना प्रिपेड तथा पोष्टपेड ग्राहकले भाग लिई प्रत्येक दिन निश्चित डाटा प्याक, बोनस ब्यालेन्स, बोनस टक टाईम, रात्री टक टाईम, बोनस एसएमएस र एमएमएस लगायतका मध्येबाट कुनै एक उपहारस्वरुप प्राप्त गर्न सक्नेछन् ।
 
एनसेलका ग्राहकले १७१२४ मा डायल गरी अथवा अंग्रेजीको पहिलो अक्षर ‘ए (A)' टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् । सहभागिता जनाएपछि ग्राहकले विविध उपहारहरुमध्ये एक उपहार हरेक दिन योजना अवधिभर पाउनेछन् । 
 
योजनामा ५० रुपैयाँ बोनस ब्यालेन्स, २५ रुपैयाँ बोनस ब्यालेन्स, १५ रुपैयाँ बोनस ब्यालेन्स, ९ एमबी डाटा, ६ एमबी डाटा, ५ मिनेट बोनस टक टाईम, १० बोनस एसएमएस र एमएमएस, १० रुपैयाँ रात्री टक टाईम बोनस, १० रुपैयाँ रात्री बोनस, ५ बोनस एसएमएस लगायतकाउपहारहरु रहेका छन्। यसरी प्राप्त हुने उपहार ग्राहकले त्यसै दिन अर्थात् रातको १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजेपछि अघिल्लो दिनको उपहार स्वतः सकिनेछ र सोही उपहार ग्राहकले फेरि अर्को २४ घण्टाका लागि मान्य हुने गरी पाउनेछन् । 
 
‘ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न एनसेल सँधै प्रतिबद्ध रहेको छ । ग्राहकलाई आफ्ना प्रियजनसँग निःशुल्क थप सम्पर्कमा रहन सम्भव बनाउने यो योजनाले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौं,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
 
योजनामा सहभागी ग्राहकले पहिलो दिन प्राप्त गरेको उपहार योजना अवधिभर लगातार प्राप्त गर्नेछन् ।
 

एनसेलले ल्यायो ‘सबैलाई उपहार’ योजना Reviewed by marumala srinu on 10:10 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.