Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सभापतिमा देउवाको जीतसँगै प्रचण्ड लागे सरकार गठनको तयारीमा

मिडिया एनपी, काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएसँगै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिय सरकार गठनको तयारीमा जुटेका छन् ।

चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतीक्षालयको मंगलबार उद्घाटन गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका अध्यक्ष प्रचण्डले १६ बुँदे सहमति अनुरुप नै प्रमुख तीन दलको सहभागितामा सरकार निर्माणका लागि संयन्त्रको बैठक बसेर पहल सुरु गरिने जानकारी दिए ।

नवनिर्वाचित सभापति देउवालाई भेटेर आफूले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्ने बताएको जानकारी दिएका प्रचण्डले प्रमुख दलहरु सरकारमा नै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने धारणा राखे ।

उनले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।



सभापतिमा देउवाको जीतसँगै प्रचण्ड लागे सरकार गठनको तयारीमा Reviewed by marumala srinu on 12:23 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.