अमेरिकी विद्यार्थीलाई उत्तर कोरियामा १५ वर्ष कडा श्रमको सजाय
प्योङयाङ – राज्यविरुद्धको अपराधको आरोपमा अमेरिकी विद्यार्थी ओटो वार्मबिअरलाई उत्तर कोरियामा १५ वर्षसम्म कडा श्रम गर्ने सजाय सुनाइएको छ । गत जनवरीमा उत्तर कोरियाको भ्रमणमा पुगेका वार्मबिअरलाई होटलबाट प्रापोगाण्डा संकेत चोर्न प्रयास गर्दागर्दै पक्राउ गरिएको थियो ।
भर्जिनिया विश्वविद्यालयका विद्यार्थी २१ वर्षीय वार्मबिअर गत जनवरी २ मा पक्राउ परेका थिए । उनले याङगाक्डो अन्तर्राष्ट्रिय होटलमा चोरी गर्ने प्रयास गरेका थिए । उनीमाथि ‘कोरियाको राष्ट्रिय एकता ध्वस्त पार्न खोजेको’ आरोप लगाउँदै अमेरिकी सरकारबाट परिचालित रहेको आरोप लगाइएको छ ।
पछि उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यममा उपस्थित हुँदै उनले चोरी गरेको स्वीकार गरेका थिए । कोरिया भ्रमणको चिनोको रुपमा उनले उक्त संकेत लान खोजेको बताएका थिए ।
आँखाभरि आँशु लिएर पत्रकार सम्मेलनमा आएका उनले ‘आफ्नो जीवनको सबैभन्दा ठूलो भूल’ भएको बताएका थिए ।
अमेरिकी विद्यार्थीलाई उत्तर कोरियामा १५ वर्ष कडा श्रमको सजाय
Reviewed by marumala srinu
on
2:26 AM
Rating:

No comments: