Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अमेरिकामा फेरि अर्को गोली काण्ड, पाँचको ज्यान गयो

संयुक्त राज्य अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ। त्यसमा परी कम्तीमा पनि पाँच जना मारिएका छन्।
 
पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर अज्ञात व्यक्तिले गोली हानेर पाँचजनाको हत्या गरेको छ। मारिनेमा चार जना महिला र एकजना पुरुष रहेको बताइएको छ।
 
चार जनाको घटनास्थलमै र एक महिलाको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गोली लागेका अरु तीन जना गम्भीर रुपमा उपचार गराइरहेका छन्।
 
पेन्सिलभानियाको विल्किन्सबर्गमा सो घटना भएको हो। घटनास्थलको अध्ययनबाट दुई फरक फरक हतियार प्रयोग भएको देखिएको प्रहरीको भनाई छ।
 
प्रहरीले हत्याराको खोजी व्यापक मात्रामा गरेको छ तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरेको छैन।
 
एक व्यक्तिको घर परिसरमा बसेर रातिको समयमा खाइरहेका परिवारका सदस्यलाई लक्ष्यगरी गोली चलाइएको पाइएको प्रहरीको भनाई छ।
 
प्रहरीले यसरी गोली हान्ने व्यक्ति आफ्नै साथी हुनुपर्ने अनुमान गरिएको पनि जानकारी दिएको छ । घर परिसरमा बसेर रातिको समयमा रमाइलो गरी खाइरहेका बेला सो घटना भएको अनुमान प्रहरीको छ।
 
अमेरिकामा नागरिकले व्यक्तिगत रुपमा नै बन्दुक राख्न पाउने कानुनी प्रावधानका कारण पछिल्लो समयमा यस्ता गोलीकाण्डका दुर्घटनाहरु कैयौँ हुने गरेका देखिन्छन् । रासस/एएफपी 


अमेरिकामा फेरि अर्को गोली काण्ड, पाँचको ज्यान गयो Reviewed by marumala srinu on 12:37 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.