एमाओवादी पूर्व सभासद राईलाई पक्राउ गर्ने बाटो खुला
२ चैत, काठमाडौं । हत्या अभियोग लागेका एमाओवादीका पूर्व सभासद केशव राईलाई पक्राउ गर्न बाटो खुलेको छ ।
ओखलढुंगा जिल्ला अदालतले जारी गरेको वारेन्टलगायत कारबाही बदर गर्न माग गर्दै ०६७ सालमा राईले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
अब जिल्ला अदालतमा रहेका मुद्धा ब्यूँतने छ र प्रहरीले चाहेको अवस्थामा राई कुनै पनि बेला पक्राउ पर्नेछन् ।
शिक्षक गुरू लुइँटेल, कांग्रेस कार्यकर्ता मस्त तामाङ, पदम तामाङलाई हत्या गरेको अभियोगमा ओखलढुंगा जिल्ला अदालतलले उनको नाममा ७० दिने म्याद पुर्जी जारी गरेको थियो ।
तर, राईले सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नु पर्ने मुद्धा भएको भन्दै सर्वोच्चमा रिट दायर गरेपछि अन्तरिम आदेश भएको थियो ।
मंगलबार प्रधानन्यायाधीश कल्याण श्रेठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले राईको रिट नै खारेज गरेको छ ।
अब अब जिल्ला अदालतले जारी गरेको वोरन्ट ब्यूँतने छ र प्रहरीले राईलाई पक्राउ गर्न सक्नेछ । जिल्ला अदालतमा रहेको मुद्धाको अभियोग पत्रमा सर्वस्वसहित जन्मकैदको सजायको माग दाबी गरिएको छ ।
Reviewed by marumala srinu
on
1:47 PM
Rating:

No comments: