Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मेस्सी - रोनाल्डोको विवादमा हत्या

मुम्बई— विश्वको सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मेसी हुन् अथवा रोनाल्डो? के यो सवाल कसैको हत्याको विषय बन्न सक्छ? भारतको मुम्बईमा यस्तै घटना भएको छ। यही सवालका कारण उत्पन्न विवाादमा २१ वर्षका एक युवाले ज्यान गुमाउनु परेकाे छ। 

नाइजेरियाली नागरिक माइकेल चुकवुमाले आफ्नै देशका ओबिना दुरुमचुकवूलाई मुम्बइमा छुरी प्रहार गरी हत्या गरेका हुन्।

यो घटना शनिबार राति भएको एउटा पार्टीमा भएको हो। 'उनी फुटबल खेलाडीबारे चर्चा गरिरहेका थिए। दुईमध्ये एक मेस्सीका फ्यान थिए अर्का रोनाल्डोका।दुवैले आफ्नो खेलाडी महान् भन्दै कुराकानी गरिरहेका थिए', एक प्रहरी अधिकारीले भने, 'पार्टीमा मदिरा सेवन गरेका दुवैको कुराकानी विवादमा परिवर्तन हुँदा घटना भयो।'

रोनाल्डोका फ्यानले अभियुक्तको अनुहारमा रक्सी सहित शिशाको ग्लास फ्याँकिदिए। ग्लास फुटेर मेसीका फ्यानको अनुहारमा चोट लाग्यो। प्रतिकारमा फुटेको गिलासले मेस्सीको फ्यानले आक्रमण गरे। गिलास फुटेका कारण त्यो आक्रमण बढी घातक सावित भयो। मुम्बई प्रहरीले सिसा आक्रमणमा धेरै रगत बग्दा दुरुमचुकवूको मृत्यु भएको जनाएको छ।

अर्जेन्टिनाका फुटबल स्टार मेसी र पाेर्चुगलका राेनाल्डाे दुवै स्पेनिस प्रिमियर लिगाबाट खेल्छन। मेसी बार्सिलाेनाका मुख्य टाेली सदस्य हुन् भने राेनाल्डाे रियल म्याड्रिडका टाेली सदस्य हुन्।  - 
मेस्सी - रोनाल्डोको विवादमा हत्या Reviewed by marumala srinu on 2:58 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.