४० हजार घुस लिँदालिँदै इन्स्पेक्टर र प्रहरी जवान पक्राउ
सप्तरी, २७फागुन-
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक प्रेमबहादुर थापा र प्रहरी जवान अशोककुमार यादवलाई रु ४० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,पूर्वाञ्चल क्षेत्रीय कर्यालय इटहरीले आज पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा क्षेत्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार बस्नेतको नेतृत्वमा गएको टोलीले सप्तरीका मोहम्द सवीर अलीसँग मोटरसाइकल दुर्घटनामा परेका मुद्दा मिलाइदिने भन्दै रु ४० हजार घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरिएको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख डुल्लराज बस्नेतले जानकारी दिनुभयो ।
बस्तेतका अनुसार अलीसँग मोटरसाइकल दुर्घटनाको मुद्दा मिलाउनका लागि थापा र यादवले पहिलोचोटी रु ४० हजार लिने र मुद्दा मिलिसकेपछि फेरि रु एक लाख दिने सहमतिसमेत भएको थियो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि पूर्वाञ्चल क्षेत्रीय कार्याालय इटहरीमा राखिएको छ ।
४० हजार घुस लिँदालिँदै इन्स्पेक्टर र प्रहरी जवान पक्राउ
Reviewed by marumala srinu
on
4:00 PM
Rating:
Reviewed by marumala srinu
on
4:00 PM
Rating:

No comments: