Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

परिवारकै १४ जना हत्याकाण्डको पर्दाफासः बहिनीसँगको लसपस प्रमुख कारण

काठमाडौं, २६ फागुन । गतसाता भारतमा भएको संसार हल्लाउने हत्याकाण्डको रहस्य पत्ता लागेको छ ।
भारतीय च्यानल आजतकका अनुसार महाराष्ट्र राज्यको ठाणेमा भएको यो घटनामा बहिनीसँगको यौनसम्बन्धलाई प्रमुख कारण मानिएको छ ।
परिवारका १४ जनाको हत्या गरी आत्महत्या सम्म गरेका हसनैन वारेकरमाथि यस्तो अभियोग लागेको हो । उनले आफ्नै बहिनीमाथि यौन शोषण गर्दै आएको प्रहरीको दाबी छ ।
यो हत्याकाण्डमा आफ्ना हत्यारा दाईको चंगुलबाट बच्न सफल सुबियाले उनको बारेमा कैयौ खुलासा गरेकी छिन् । उनका अनुसार हसनैन मानसिक रूपमा विरामी बहिनीको यौन शोषण गर्थे । आमालाई जानकारी दिदा उनले मार्ने धम्की दिएका थिए ।
सुबियाले खुलासा गरेकी छिन कि हसनैनकी आमाले आफ्नो जीवनको भीख मागेकी थिएन् तर, उनले आमालाई पनि मारिदिए । जब उनी आफ्नी आमातिर चक्कु लिएर गइरहेका थिए तब उनले भनेकी थिइन- ‘म तिम्री आमा हुँ, मैले तिमीलाई जन्म दिएको हुँ । तिमी यो के गर्दैछौं । मलाई नमार ।’ तर कलंक छोरालाई त्यो भावनाले कुनै फरक पारेन र अरुजस्तै आफ्नी आमाको ज्यान लिए ।
कोठामा भेटियो लठ्याउने औषधि
प्रहरीका अनुसार हसनैनले अलग–अलग समयमा कारोबार गर्ने बहानामा आफ्ना नातेदारबाट करिब ६७ लाख रुपैयाँ ऋण लिएका थिए । यसका साथै उनी शेयरको कारोबारसँग पनि जोडिएका थिए । अब प्रहरीले यो पत्ता लगाउँदैछ कि के उनलाई शेयर कारोबारमा ठूलो नोक्सान भएको थियो । उनले केही महिना पहिला माजावाडामा कोठा भाडामा लिएका थिए । जहाँ छापा मार्दा लठ्याउने औषधि भेटिएको छ ।
पुरै खानदानको विनाश
हसनैनले पिता अनवर वारेकर (६५), आमा असगरी (५६), पत्नी जबीन (२८), छोरी मुबातशिरा (६), छोरी उमरा, बहिनी शबीना शौकत खान (४५), मारिया इरफान फाक्की (२८), बतूल (३०), भतिजीहरु अनस शौकत खान (१२), सादिया शौकत खान (१६), आर्सिया यूशुफ, भाञ्जाहरु अलीहसन शौकत खान (५), उमर इरगन फाक्की (७) र यूशुफ इरफान खानको हत्या गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको र अझै जरोसम्म पुग्न नसकेको प्रहरीले जनाएको छ ।
परिवारकै १४ जना हत्याकाण्डको पर्दाफासः बहिनीसँगको लसपस प्रमुख कारण Reviewed by marumala srinu on 9:45 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.