Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आफूलाई भेट्न गएका मधेशी मोर्चाका नेतालाई यसो भने प्रधानमन्त्री ओलीले

काठमाडौँ, २८ फागुन-
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज मोर्चाको ७ बँुदे ध्यानाकर्षण पत्र बुझ्दै उहाँले मोर्चाका मागबारे साँझ पुनःसरोकारवाला मन्त्रीसहित छलफल गर्ने बताउनुभयो ।

मोर्चामा आवद्ध दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, मनिस सुमनलगायतका नेताको टोलीले आफ्ना मागबारे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएको हो ।

मोर्चाका नेताले आन्दोलनका क्रममा घाइतेले अझै उपचार खर्च नपाएको र मुद्दा फिर्ता नभएको बताएपछि प्रधानमन्त्रीले तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आफ्नो सचिवालयमार्फत निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीले विद्यमान समस्या मधेसको मात्र नभएर सिङ्गो मुलुकको भएकाले मिलेर समाधान खोज्न मोर्चाका नेतालाई आग्रह गर्नुभएको थियो । उहाँले समस्याको समाधान गर्नेतर्फ र जनताले न्याय पाउने गरी अघि बढ्न पनि आग्रह गर्नुभयो ।

मोर्चाले माग गरेको न्यायिक आयोग गठनका सम्बन्धमा प्रधानमन्त्रीले न्यायिक आयोग गठन गर्ने कि राजनीतिक आयोग गठन गरेर समाधान खोज्नेबारे आजै छलफल गरी निष्कर्षमा पुग्ने भनी राख्नुभएको प्रस्ताव मोर्चाका नेताले स्वीकार गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मोर्चाले संविधानको पुनर्लेखन, सहिद घोषणा, घाइतेको उपचार, निष्पक्ष न्यायिक छानबिन आयोग मुद्दा फिर्ता तथा रिहाइ, भूकम्प प्रभावितलाई सहयोग र पुर्नःनिर्माण, कालाबजारी अन्त्य र आन्दोलन अवधिभरको कर मिनाहा गर्नुपर्ने माग गरेको छ ।

मोर्चाको एक घटक सद्भावना पार्टीका नेता मनिस सुमनले ७ बुँदे मागका सम्बन्धमा प्रधानमन्त्रीले गम्भीरता जनाउँदै मागका सम्बन्धमा साँझ ६ः३० बजे सम्बन्धित मन्त्रीसहित छलफल गरी समाधान खोज्ने आश्वासन दिनुभएको जानकारी दिनुभयो ।


आफूलाई भेट्न गएका मधेशी मोर्चाका नेतालाई यसो भने प्रधानमन्त्री ओलीले Reviewed by marumala srinu on 11:59 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.