Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सेनापतिले दिए सेना परिचालनको चेतावनी

काठमाडौं — नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले देश टुक्राउने तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाली सेना परिचालन हुने बताएका छन् ।
आज जंगी अड्डामा पिएसओज रथी तथा पृतनापतिहरु सम्मिलित “पृतनापति समन्वयात्मक बैठक–२०७२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम भएकाले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने उल्लेख गरे ।
उनले भने, देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुनेछ ।
अबका दिनमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था श्रृजना भएको बताउँदै उनले विभागिय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलवा हाल देशमा विकसित परिस्थितिले श्रृजना भएको अपरेशनल चुनौती तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान दिन निर्देशन पनि दिएको छ । कार्यक्रममा रक्षा सचिव जयमुकुन्द खनालको पनि उपस्थिति थियो ।



सेनापतिले दिए सेना परिचालनको चेतावनी Reviewed by marumala srinu on 3:14 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.